धनकुटा । कोशी प्रदेशकी निर्वतमान आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले आफ्नो आमाको नाममा रहेको जग्गा संस्थाको नाममा पास गरिदिएकी छन् । प्रदेश सरकारको करिब दुई करोड बजेटबाट निजी जग्गामा भवन बनाएको समाचार प्रकाशित भएपछि उनले आमाको नाममा रहेको जग्गा केयर वुमेन नेपालको नाममा पास गिरिदएकी हुन् ।
संस्थाको नाममा जग्गा पास गरेको कागजात आइपुगेको पर्यटन वन तथा वातावरण मन्त्रालयका इन्जिनियर कुलदीपप्रसाद यादवले जानकारी दिए । थापाले प्रदेश सरकारको २ करोड हाराहारी बजेटमा निजी जग्गामा संस्थाको भवन बनाएकाे समाचार विभिन्न् सञ्चार माध्ययमले प्रकाशित गरेका थिए । समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालय र कोशी प्रदेशको लेखा समितिले छानबिन अगाडि बढाएको थियो । ‘सबैतिरबाट दबाब परेपछि संस्थाको नाममा जग्गा पास गरेको कागजात मन्त्रालयमा आइपुगेको पर्यटन वन तथा वातावरण मन्त्रालयका इन्जिनियर यादवले जानकारी दिए । समाचारको प्रभाव सकारात्मक परेको देखिएकाे र यो समाचारले निकै राम्रो काम गरेको उनकाे भनाइ छ । यो विषय सार्वजनिक हुनुभन्दा पहिले कार्यालय यसबारे अनभिज्ञ रहेकेा उनले बताए ।
अख्तियारले चासो दिएपछि मन्त्रालयका कर्मचारीहरूले जग्गा संस्थाको नाममा पास गराउन मन्त्री थापालाई दबाब दिएका थिए । समाचारलाई नै आधार बनाएर अख्तियारले मन्त्रालयमा पत्र पठाएको थियो ।
केयर वुमेन नेपालको नाममा निर्माण गरिएको निजी जग्गामा भवन र पर्यटकीय पूर्वाधार बनाउने भन्दै आर्थिक वर्ष २०७६–७७ यता लगातार प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६–७७ मा १ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७७–७८ मा ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८–७९ मा ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९–८० मा १० लाख रुपैयाँ र चालु आर्थिक वर्ष २०८०–८१ मा २५ लाख रुपैयाँ सरकारले सो संस्थाको भवन बनाउन बजेट दिएको थियो ।
प्रदेश सरकार र संघीय सरकारसमेतबाट निर्वतमान राज्यमन्त्री थापाले केयर वुमनको नाममा ४ करोड भन्दा बढी बजेट लैजान सफल भएकी थिइन् ।
पाख्रिबास ४ मा २ करोड हाराहारीमा बनिरहेको भवन भने संस्थाकै नाममा रहेकाे छ । थापाले राजनीतिक पहुँचको आधारमा बजेट लगेको उनीमाथि आरोप रहेको छ । उनले प्रदेश सांसद भएपछि आफ्नो संस्थामा प्रदेश सरकारबाट १ करोड ३५ लाख र संघीय सरकारबाट ८० लाख रुपैयाँ विनियोजन गराएकी थिइन् ।
यस विषयमा समाचार आएपछि प्रदेशको लेखा समितिले समेत चासो दिएको थियो । अनियमितता भएको खबर आएपछि समितिले छानबिन अघि बढाएको सभापति किशोरचन्द्र दुलालले बताए । पटकपटक सोधीखोजी गर्दा पनि बुधबार मात्रै जग्गा संस्थाको नाममा आइसकेको सूचना आएको उनले बताए । अब प्रमाणसहित लिखित पठाउन निर्देशन गरिएकाे उनकाे भनाइ छ । उनले संस्थाको नाममा जग्गा पास गरेको प्रमाण भने समितिमा आइनसकेको दुलाले बताए ।
याेपनि पढाैंः
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: