Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सत्ता र शक्तिको आडमा राज्यकोषको ब्रम्हलुट

सरकारी बजेटबाट राज्यमन्त्री थापाले बनाइन् निजी जग्गामा दुई करोडको घर

खबरडबली संवाददाता

धनकुटा । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेकी इन्दिरा थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेकी छन् ।  धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेकी हुन् ।

प्रदेश सरकार स्थापना भएदेखि नै थापाले लगातार प्रदेश सरकारको बजेट आफ्नो निजी जग्गामा खन्याइरहेको पाइएको छ । प्रदेश सरकारबाट २०७६ सालमा केयर वुमेन नेपाल पाख्रिबास ८ मुगाको नाममा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन् ।

२०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको छ । त्यति मात्रै हैन, सो योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको पाइएको छ ।

निजी जग्गामा भवन निर्माण गर्न प्रदेश सरकारले पटक–पटक के आधारमा बजेट बिनियोजन गर्यो र त्यो बजेट कसरी कार्यान्वयन भयो भन्ने गम्भीर प्रश्न खडा भएको छ । सरकारीको सहयोगबाट संघसंस्थाका भवन बनाउन बजेट बिनियोजन हुने गरेको भएपनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, थापाको निजी जग्गामा सरकारले करिब २ करोड बजेट बिनियोजन गरेर भवन बनाएको छ ।

राज्यमन्त्री थापाकी आमा दुर्गादेवि थापाको नाममा रहेको सो जग्गामा भवन निर्माण भइसकेको छ । दाजुहरु विदेशमा बस्ने भएकोले सो जग्गाको भोगचलन राज्यमन्त्री थापाले नै गर्दै आएकी छन् । सो जग्गासँग केहि ऐलानी जग्गा पनि रहेको स्थानीयले बताएका छन् । जग्गामा भवन निर्माणको लागि नक्सापास पनि भएको छैन ।

निजी जग्गामा भवन बनाउन २०७७ सालमा थापाले प्रदेश सरकारमा तीन वटा शीर्षकमा बजेट प्रस्ताव गरेको भएपनि अन्तिम अवस्थामा अर्थ मन्त्रालयका कर्मचारीले थाहा पाएपछि बजेट काटिदिएका थिए । त्यसबेला मन्त्रालयमा रहेका एक कर्मचारीले भने, ‘एउटै संस्थामा घुमाईफिराई तीन शिर्षकमा बजेट राखिएको रहेछ, त्यो देखेपछि दुई वटा हटाइयो, एउटा भने राजनीतिक दबाबको कारण हटाउन सकिएन ।’

नेपाली काँग्रेसका नेता डा।शेखर कोइराला निकट मानिने थापाले राजनीतिक पहुँचको आधारमा बजेट लगेको बताइन्छ । डा।शेखरसँगको निकट सम्बन्धकै कारण कोशी प्रदेशसभा सदस्य भएकी थापा अहिले अर्थराज्यमन्त्री छन् ।

निजी जग्गामा सरकारको बजेट लगेर भवन निर्माण गरेको विषय राज्यमन्त्री थापाले पनि स्वीकार गरेकी छन् । आफ्नो आमाको नाममा रहेको जग्गा संस्थालाई पास गर्ने सहमति परिवारमा भएकोले त्यहाँ भवन बनाएको उनको दावी छ । ‘भवन बनेको घर संस्थाको नाममा नभएको सत्य हो, यो विषय पहिले पनि समाचारमा आएकै हो’ उनले भनिन्, ‘तर, आमाको नाममा रहेको उक्त जग्गाबाट एक रोपनी संस्थालाई दिने सहमति हाम्रो परिवारमा भइसकेको छ ।’

आमा दुर्गादेवि थापाको नाममा जग्गा रहेको र आमाको निधन भएकोले अब दाजुहरुसँग सल्लाह गरेर जग्गा संस्थाको नाममा पास गरिदिने सहमति गरेको उनले बताएकी छन् । ‘वैशाख २३ गते अमेरिकामा रहेका दाई आएपछि केयर वुमेनको नाममा जग्गा पास हुन्छ’ उनले भनिन्, ‘जग्गा संस्थाको नाममा पास गर्ने सहमति परिवारमा भइसकेकोले यो ठूलो विषय हैन, राम्रो काम गर्न खोज्दा मलाई सँधै अबरोध हुन्छ ।’

केयर वुमनले महिला केन्द्रित सामाजिक कार्य गर्दै आएको थापाले दावी गरेकी छन् । विभिन्न स्वास्थ्य शिविर सञ्चालनसहितका गतिबिधि गर्दै आएको उनको भनाइ छ ।

केयर वुमनको नाममै पाख्रिबास नगरपालिकाभित्रै दुई वटा भवन सरकारी लगानीमा बनिरहेको पाइएको छ । पाख्रिबास ८ मुगामा आमाको नाममा रहेको आफ्नै जग्गामा भवन बनाएकी थापाले पाख्रिबास ४ मा संस्थाकै नाममा अर्को भवन निर्माण गरिरहेकी छन् । सो भवनको लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

पाख्रिबास ४ मा बन्दै गरेको भवनको जग्गा भने संस्थाकै नाममा रहेको राज्यमन्त्री थापाले बताएकी छन् । त्यहाँ अस्पताल बनाउन लागेको उनको भनाइ छ । सो भवन निर्माणको लागि प्रदेश सरकारले सहरी विकास कार्यालय धनकुटाबाट बजेट राखेको थियो । त्यो बजेटबाट टेण्डर आह्वान भइसकेको कार्यालयका प्रमुख शुरेशप्रसाद साहले जानकारी दिए ।

पाख्रिबास ४ मा रहेको संस्थाको बन्दै गरेको जग्गामा भवन बनाउन प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि बजेट बिनियोजन गरेको पाइएको छ । संघीय सहरी विकास आयोजना कार्यालय धनकुटामार्फत चालु वर्षमा भवनको लागि ८० लाख रुपैयाँ बिनियोजन भएको थियो । कार्यालयका इञ्जिनियर अभिषेकराज शाहीले भवन निर्माणको लागि सम्झौता भएर प्रक्रियामा गएको बताए । प्रदेशको बजेबाट बनिरहेको भवनको छेउमा अर्को भवन संघीय बजेटबाट बन्ने उनको भनाइ छ ।

पाख्रिबास ८ मा राज्यमन्त्री थापाको निजी जग्गामा बन्दै गरेको भवनमा चालु वर्षमा पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनाले बिनियोजन गरेको बजेट पनि कार्यान्वयन प्रक्रियामा लगेको छ । केयर वुमन शान्ति पार्क तथा पर्यटन पूर्वाधार निर्माणको नाममा चालु वर्षमा छुट्टिएको २५ लाख रुपैयाँ बजेटबाट काम अगाडि बढाउन आयोजनाले लागत स्टिमेट तयार गरिसकेको छ । काम अगाडि बढाउन सम्झौताको अन्तिम चरणमा रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाले गत वर्ष पनि सोही शिर्षकमा १० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । निजी जग्गामा सरकारी बजेट पटक–पटक लगानी गरेको विषयमा पर्यटन विकास आयोजनाका प्रमुख कुलदिप यादवले भने स्पष्ट जवाफ दिएनन् । ‘त्यसो नहुनुपर्ने हो, निजी जग्गामा सरकारी बजेट लगाउन त मिल्दैन’ उनले भने, ‘म बाहिर छु कार्यालयमा पुगेर कागजात हेरेपछि मात्र स्पष्ट हुनेछ ।’

धनकुटास्थित सहरी विकास कार्यालयका प्रमुख रहेका सुरेशप्रसाद साहले चालु वर्षमा पाख्रिबास ४ मा बन्दै गरेको भवनको पुर्जा रहेको बताउँदै पाख्रिबास ८ मा पहिले बनेको भवनबारे भने जानकारी नभएको प्रतिक्रिया दिएका छन् । त्यसबारे कार्यालयमा भएको कागजात हेर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending