Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सत्ता र शक्तिको आडमा राज्यकोषको ब्रम्हलुट

सरकारी बजेटबाट राज्यमन्त्री थापाले बनाइन् निजी जग्गामा दुई करोडको घर

खबरडबली संवाददाता

धनकुटा । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेकी इन्दिरा थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेकी छन् ।  धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेकी हुन् ।

प्रदेश सरकार स्थापना भएदेखि नै थापाले लगातार प्रदेश सरकारको बजेट आफ्नो निजी जग्गामा खन्याइरहेको पाइएको छ । प्रदेश सरकारबाट २०७६ सालमा केयर वुमेन नेपाल पाख्रिबास ८ मुगाको नाममा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन् ।

२०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको छ । त्यति मात्रै हैन, सो योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको पाइएको छ ।

निजी जग्गामा भवन निर्माण गर्न प्रदेश सरकारले पटक–पटक के आधारमा बजेट बिनियोजन गर्यो र त्यो बजेट कसरी कार्यान्वयन भयो भन्ने गम्भीर प्रश्न खडा भएको छ । सरकारीको सहयोगबाट संघसंस्थाका भवन बनाउन बजेट बिनियोजन हुने गरेको भएपनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, थापाको निजी जग्गामा सरकारले करिब २ करोड बजेट बिनियोजन गरेर भवन बनाएको छ ।

राज्यमन्त्री थापाकी आमा दुर्गादेवि थापाको नाममा रहेको सो जग्गामा भवन निर्माण भइसकेको छ । दाजुहरु विदेशमा बस्ने भएकोले सो जग्गाको भोगचलन राज्यमन्त्री थापाले नै गर्दै आएकी छन् । सो जग्गासँग केहि ऐलानी जग्गा पनि रहेको स्थानीयले बताएका छन् । जग्गामा भवन निर्माणको लागि नक्सापास पनि भएको छैन ।

निजी जग्गामा भवन बनाउन २०७७ सालमा थापाले प्रदेश सरकारमा तीन वटा शीर्षकमा बजेट प्रस्ताव गरेको भएपनि अन्तिम अवस्थामा अर्थ मन्त्रालयका कर्मचारीले थाहा पाएपछि बजेट काटिदिएका थिए । त्यसबेला मन्त्रालयमा रहेका एक कर्मचारीले भने, ‘एउटै संस्थामा घुमाईफिराई तीन शिर्षकमा बजेट राखिएको रहेछ, त्यो देखेपछि दुई वटा हटाइयो, एउटा भने राजनीतिक दबाबको कारण हटाउन सकिएन ।’

नेपाली काँग्रेसका नेता डा।शेखर कोइराला निकट मानिने थापाले राजनीतिक पहुँचको आधारमा बजेट लगेको बताइन्छ । डा।शेखरसँगको निकट सम्बन्धकै कारण कोशी प्रदेशसभा सदस्य भएकी थापा अहिले अर्थराज्यमन्त्री छन् ।

निजी जग्गामा सरकारको बजेट लगेर भवन निर्माण गरेको विषय राज्यमन्त्री थापाले पनि स्वीकार गरेकी छन् । आफ्नो आमाको नाममा रहेको जग्गा संस्थालाई पास गर्ने सहमति परिवारमा भएकोले त्यहाँ भवन बनाएको उनको दावी छ । ‘भवन बनेको घर संस्थाको नाममा नभएको सत्य हो, यो विषय पहिले पनि समाचारमा आएकै हो’ उनले भनिन्, ‘तर, आमाको नाममा रहेको उक्त जग्गाबाट एक रोपनी संस्थालाई दिने सहमति हाम्रो परिवारमा भइसकेको छ ।’

आमा दुर्गादेवि थापाको नाममा जग्गा रहेको र आमाको निधन भएकोले अब दाजुहरुसँग सल्लाह गरेर जग्गा संस्थाको नाममा पास गरिदिने सहमति गरेको उनले बताएकी छन् । ‘वैशाख २३ गते अमेरिकामा रहेका दाई आएपछि केयर वुमेनको नाममा जग्गा पास हुन्छ’ उनले भनिन्, ‘जग्गा संस्थाको नाममा पास गर्ने सहमति परिवारमा भइसकेकोले यो ठूलो विषय हैन, राम्रो काम गर्न खोज्दा मलाई सँधै अबरोध हुन्छ ।’

केयर वुमनले महिला केन्द्रित सामाजिक कार्य गर्दै आएको थापाले दावी गरेकी छन् । विभिन्न स्वास्थ्य शिविर सञ्चालनसहितका गतिबिधि गर्दै आएको उनको भनाइ छ ।

केयर वुमनको नाममै पाख्रिबास नगरपालिकाभित्रै दुई वटा भवन सरकारी लगानीमा बनिरहेको पाइएको छ । पाख्रिबास ८ मुगामा आमाको नाममा रहेको आफ्नै जग्गामा भवन बनाएकी थापाले पाख्रिबास ४ मा संस्थाकै नाममा अर्को भवन निर्माण गरिरहेकी छन् । सो भवनको लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

पाख्रिबास ४ मा बन्दै गरेको भवनको जग्गा भने संस्थाकै नाममा रहेको राज्यमन्त्री थापाले बताएकी छन् । त्यहाँ अस्पताल बनाउन लागेको उनको भनाइ छ । सो भवन निर्माणको लागि प्रदेश सरकारले सहरी विकास कार्यालय धनकुटाबाट बजेट राखेको थियो । त्यो बजेटबाट टेण्डर आह्वान भइसकेको कार्यालयका प्रमुख शुरेशप्रसाद साहले जानकारी दिए ।

पाख्रिबास ४ मा रहेको संस्थाको बन्दै गरेको जग्गामा भवन बनाउन प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि बजेट बिनियोजन गरेको पाइएको छ । संघीय सहरी विकास आयोजना कार्यालय धनकुटामार्फत चालु वर्षमा भवनको लागि ८० लाख रुपैयाँ बिनियोजन भएको थियो । कार्यालयका इञ्जिनियर अभिषेकराज शाहीले भवन निर्माणको लागि सम्झौता भएर प्रक्रियामा गएको बताए । प्रदेशको बजेबाट बनिरहेको भवनको छेउमा अर्को भवन संघीय बजेटबाट बन्ने उनको भनाइ छ ।

पाख्रिबास ८ मा राज्यमन्त्री थापाको निजी जग्गामा बन्दै गरेको भवनमा चालु वर्षमा पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनाले बिनियोजन गरेको बजेट पनि कार्यान्वयन प्रक्रियामा लगेको छ । केयर वुमन शान्ति पार्क तथा पर्यटन पूर्वाधार निर्माणको नाममा चालु वर्षमा छुट्टिएको २५ लाख रुपैयाँ बजेटबाट काम अगाडि बढाउन आयोजनाले लागत स्टिमेट तयार गरिसकेको छ । काम अगाडि बढाउन सम्झौताको अन्तिम चरणमा रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाले गत वर्ष पनि सोही शिर्षकमा १० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । निजी जग्गामा सरकारी बजेट पटक–पटक लगानी गरेको विषयमा पर्यटन विकास आयोजनाका प्रमुख कुलदिप यादवले भने स्पष्ट जवाफ दिएनन् । ‘त्यसो नहुनुपर्ने हो, निजी जग्गामा सरकारी बजेट लगाउन त मिल्दैन’ उनले भने, ‘म बाहिर छु कार्यालयमा पुगेर कागजात हेरेपछि मात्र स्पष्ट हुनेछ ।’

धनकुटास्थित सहरी विकास कार्यालयका प्रमुख रहेका सुरेशप्रसाद साहले चालु वर्षमा पाख्रिबास ४ मा बन्दै गरेको भवनको पुर्जा रहेको बताउँदै पाख्रिबास ८ मा पहिले बनेको भवनबारे भने जानकारी नभएको प्रतिक्रिया दिएका छन् । त्यसबारे कार्यालयमा भएको कागजात हेर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending