Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

उपत्यकाका ट्राफिक प्रहरीका लागि नेत्रज्योति संघद्धारा २ हजार थान चस्मा हस्तान्तरण

खबरडबली संवाददाता

काठमाडौं   । नेपाल नेत्रज्योति संघद्धारा काठमांडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि धुवा, धुलो तथा घामबाट बच्न २ हजार थान चस्मा (सन ग्लास) हस्तान्तरण गरिएको छ । ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएको सहयोगमा संघले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उक्त चस्मा हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा बुधबार आयोजित एक कार्यक्रमका बिच नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) पोषराज पोखरेललाई उक्त चस्मा हस्तान्तरण गरेका हुन्।

बढि समय धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने ट्राफिक प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढि हुने भएकोले आँखाको सुरक्षाका लागि चस्मा वितरण गरिएको संघका अध्यक्ष प्रा.डा. पन्तले बताए । नेपालमा पछिल्लो समय हुने गरेका सडक दुर्घटना न्यूनिकरणका लागि पनि सवारी चालकहरुको नियमित आँखा परिक्षण गरिनुपर्ने कुरामा जोड दिँदै उक्त कार्यमा संघलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआईजी पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझि उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीहरुका लागि चस्मा हस्तान्तरण गरेकोमा संघ र ह्याल्पिङ्ग ह्यान्डलाई धन्यवाद समेत व्यक्त गरे ।

ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले दुर्घटना न्यूनिकरण, सवारी व्यबस्थापन र हाम्रो सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नो तर्फबाट केहि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो सहयोग भविश्यमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघका सचिव वरिष्ठ अधिवक्ता हरीप्रसाद शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक डा।शैलेश कुमार मिश्र, ह्याल्पिङ्ग ह्यान्डका कन्ट्री डाईरेक्टर प्रशुराम दाहाल र काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले संघ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए । संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १ सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघ ले नेपाली नागरिक तथा अन्य देशका गरी कूल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending