Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

उपत्यकाका ट्राफिक प्रहरीका लागि नेत्रज्योति संघद्धारा २ हजार थान चस्मा हस्तान्तरण

खबरडबली संवाददाता

काठमाडौं   । नेपाल नेत्रज्योति संघद्धारा काठमांडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुका लागि धुवा, धुलो तथा घामबाट बच्न २ हजार थान चस्मा (सन ग्लास) हस्तान्तरण गरिएको छ । ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएको सहयोगमा संघले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उक्त चस्मा हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा बुधबार आयोजित एक कार्यक्रमका बिच नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) पोषराज पोखरेललाई उक्त चस्मा हस्तान्तरण गरेका हुन्।

बढि समय धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्नुहुने ट्राफिक प्रहरीहरुमा आँखाको समस्या देखिने जोखिम बढि हुने भएकोले आँखाको सुरक्षाका लागि चस्मा वितरण गरिएको संघका अध्यक्ष प्रा.डा. पन्तले बताए । नेपालमा पछिल्लो समय हुने गरेका सडक दुर्घटना न्यूनिकरणका लागि पनि सवारी चालकहरुको नियमित आँखा परिक्षण गरिनुपर्ने कुरामा जोड दिँदै उक्त कार्यमा संघलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआईजी पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझि उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीहरुका लागि चस्मा हस्तान्तरण गरेकोमा संघ र ह्याल्पिङ्ग ह्यान्डलाई धन्यवाद समेत व्यक्त गरे ।

ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन, युएसएका अध्यक्ष नारायण श्रेष्ठले दुर्घटना न्यूनिकरण, सवारी व्यबस्थापन र हाम्रो सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि आफ्नो तर्फबाट केहि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो सहयोग भविश्यमा पनि निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल नेत्रज्योति संघका सचिव वरिष्ठ अधिवक्ता हरीप्रसाद शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक डा।शैलेश कुमार मिश्र, ह्याल्पिङ्ग ह्यान्डका कन्ट्री डाईरेक्टर प्रशुराम दाहाल र काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले संघ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए । संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १ सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघ ले नेपाली नागरिक तथा अन्य देशका गरी कूल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending