जेष्ठ ९ गते, २०८१ बुधवार 22nd May, 2024 Wed१३:२१:०६ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ गरेको छ । झापा। बाँके, कैलाली,बार र ञ्चनपुरबबाट उनीहरुलाई पक्राउ गरेको हो ।
झापाको कचनकवल गाउँपालिका-४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका-१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापाकै गौरिगञ्ज गाउँपालिका-१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका-९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् । प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै बाराको प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित निजगढ नगरपालिका-७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना।६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरल्े कैलालीको गोदावरी नगरपालिका-१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से.५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
करिब २ सय ४९ किलो गाँजा बरामद
यसैगरी प्रहरीले विभिन्न् स्थानबाट करिब २ सय ४९ किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सुनसरी, सिरहा र सप्तरीबाट गाँजा बरामद् भएको हो ।
सप्तरीको राजबिराज नगरपालिका-१ गुलाब ग्यारेज नजिकैबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट खर्सालटोल र वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ को।२ स ७९९ नम्बरको अटो चालक अटो छाडी फरार भएपछि अटो जाँच गर्दा ६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, देवानगंज गाउँपालिका-२ यादबटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९७ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको संयुक्त टोलीले बा.८ च १२५५ नम्बरको कार जाँच गर्दा डिकीमा रहेको ४ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका-६ सितापुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले स.२ प २०२१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकल नरोकी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
प्रतिकृया लेख्नुहोस्: