काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न दबाव दिँदै मोटरसाईकल र्याली गरेको हो ।
बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्। संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।
सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८१ - १३:३२
मनाङ। पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम...
माघ ६ गते, २०८१ - १३:२८
भीम रावलको पछि लाग्ने पूर्वमन्त्रीसहित २ जना कारबाहीमा
माघ ६ गते, २०८१ - १२:०१
म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउ...
माघ ६ गते, २०८१ - ११:५८
पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी ...
माघ ६ गते, २०८१ - ११:३७
बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेक...
माघ ६ गते, २०८१ - ११:३५
काठमाडौं । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उ...
माघ ६ गते, २०८१ - ११:२७
काठमाडौं । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगिता...
माघ ६ गते, २०८१ - ११:२०
काठमाडौं । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी केहीबेरर अघि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । स्वर्णलक्ष्मी सहकारीको...
माघ ६ गते, २०८१ - ११:१३
'अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुन्छ'
माघ ६ गते, २०८१ - ११:०९
काठमाडौं । कोशीमा अघिल्लो कार्यकालमा संसद् र सरकार दुवै लयमा थिए । तीन पटकसम्म सरकार फेरबदल भयो । तर, न संसद्ले लय छाड्यो, न त सरकारले नै । सामान्य प...
प्रतिकृया लेख्नुहोस्: