Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सम्मानित

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा चलचित्र पत्रकार संघले विविध कार्यक्रम आयोजना गर्दै चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । चलचित्र पत्रकार संघ नेपाल ७ जेठ २०५६ मा स्थापना भएको हो । संघले यो वर्ष रजत महोत्सब मनाईरहेको छ । यही अवसरमा सोमबार उपप्रधानमन्त्री महासेठले चलचित्र पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो । अढाई दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा योगदान दिएको भन्दै उनलाई सम्मानित गरिएको कार्यक्रममा जनाईयो ।

यस्तै चलचित्र पत्रकारिमा डेढ दशक भन्दा लामो योगदान दिएका दुई जना चलचित्र सो समारोहमा यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । जनही ५१ हजार रुपैयाँ सहित न्युज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेषअधिकारी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन् ।

यसैगरी यसपटक राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका चलचित्र पत्रकार राज श्रेष्ठलाई समारोहमा यो सम्मानबाट सम्मानित गरिएको हो ।

दाङमा रहेर सक्रिय रुपमा चलचित्र पत्रकारिता गर्दै आएका शिब पुन यसपटक यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उपप्रधानमन्त्री महासेठले उनलाई पुरस्कारबापत २५ हजार रुपैयाँ र पुरस्कारपत्र सो समारोहमा प्रदान गरे ।

यसैगरी सोही समारोहमा २५ हजार रुयैयाँ राशी सहित यो वर्षको रास्ट्रीय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरियो । उनी एम एन्ड एम अनलाईनमा कार्यरत छन् ।

७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही कला पत्रकारलाई रजतवर्ष सम्मान पनि गरियो । समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मनन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्का सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत बर्षको अबसरमा सम्मानित भए । चलचित्र पत्रकार संघको यो उत्सवलाई सहयोग गरेको भन्दै समारोहमा विभिन्न चलचित्र निर्माण कम्पनी तथा सहयोगीहरुलाई कदरपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई सम्मान गर्दै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रुघुबीर महाशेठले सत्य हरिश्चन्द्रबाट नेपाली चलचित्रको शुभारम्भ दार्जिलिङबाट भएको बताए । आफुले बाल्यकालमा जानकी मन्दिरको प्राँगनमा श्यामश्वेत रँगको पहिलो नेपाली चलचित्र आमा हेरेको स्मरण गर्दै नेपाली चलचित्र अहिले निकै सम्पन्न भईसकेको जिकिर गरे । उनले चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्नेछु भने ।

चलचित्र उधोगको बिस्तार र प्रवर्धनमा चलचित्र पत्रकाहरुको पनि त्यत्तिकै ठुलो योगदान रहेको सो समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलले आफु पनि बिगतमा चलचित्र पत्रकार भएको स्मरण गराउँदै चलचित्र पत्रकार संघबाट मानार्थ सदस्य दिएकोमा खुसी व्यक्त गरे । चलचित्र कल्याणकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्न उनले उपप्रधान मन्त्री महासेठसँग सोही कार्यक्रममा ध्यानाकर्ष पत्र बुझाएर अपिल गरे ।

समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको बताए । चलचित्र पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता उनले सो क्रममा जनाए ।

चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकार संघको औचित्याबारे कार्यक्रममा प्रकाश पारे । उनले चलचित्र पत्रकारहरुलाई धैर्यताका साथ अघि बढ्न सुझाब दिए ।

चलचित्र पत्रकार संघका महासचिब रघुनाथ सापकोटाले सहजीकरण गरेको सो रजतवर्ष वार्षिक उत्सब समारोह तथा २३ औं चलचित्र पत्रकारिता दिवस नृत्य तथा गायन प्रस्तुतिका कारण हर्षोल्लास बनेको थियो । चलचित्र पत्रकार संघ कास्कीका सचिब सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठले युगल स्वरमा दर्शन सलाम गीत प्रस्तुत गर्दा समारोहमा चलचित्र पत्रकारहरु हर्षित हुँदो छमछमी नाचेका थिए ।

समारोहका विशेष अतिथिहरुमा नेपाली चलचित्रकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई,चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सिनेकर्मीहरु थिए ।

अन्त्यमा एक अर्कालाई केक खुवाउँदै चलचित्र पत्रकारहरुले संघको रजतवर्षको शुभकामना एक आपसमा आदन प्रदान गर्दै चलचित्र पत्रकारिता दिवस समारोह समापन गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending