चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकालाई सहभागी गराइने भएको छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयरा दवाडीका अनुसार उनीहरुलाई पाँच सय १० खोप केन्द्रबाट खोप दिन लागिएको हो । अभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय २३ स्वयंसेविका परिचालन गरिनेछ । विसं २०७३ वैशाखदेखि २०७५ साल आसोजसम्म जन्मिएका बालबालिकालाई खोप दिइने छ । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग पोलियोमा इलाइटिसविरुद्ध यो खोप दिन लागिएको हो ।
यस अभियानमा भरतपुर महानगरपालिकामा १९ हजार दुई सय ९४ बालबालिकालाई यो खोप दिइँदै छ । यस्तै, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ६१, कालिका नगरपालिकाका दुई हजार तीन सय ३४, माडी नगरपालिकाका दुई हजार एक सय २९ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ बालबालिकालाई खोप दिन लागिएको दवाडीले बताए ।
जिल्लाका हरेक विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने जनाइएको छ । विद्यालयबाहिर रहेका बालबालिकाका लागि सो दिन विद्यालयमा ल्याएर वा भोलिपल्ट स्वास्थ्य संस्थामा ल्याएर खोप दिइने उनले जानकारी दिए ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीले यो खोपले बालबालिकाको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपर्ने हुँदा ढुक्क भएर प्रयोग गर्न आग्रह गरे । नेपालमा अहिले पोलियोको समस्या नदेखिएको भन्दै उनले देश पोलियोसँगको अन्तिम लडाइँमा रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: