काठमाडौं । समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । अहिले समृद्धि अनमोल अभिनित फिल्म ‘फर्की फर्की’बाट नै नेपाली फिल्ममा पाइला चाल्दैछिन् ।
‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदैछु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु ।’
फिल्मको सुटिङमा उनको पहिलो सट अभिनेत्री जसितासँग रहेछ । ‘मेरो पहिलो सट नै जसितासँग थियो । केही नर्भस पनि थिएँ । तर आफूलाई सम्हाल्नुपर्छ भन्ने लागेपछि म सम्हालिएँ’, उनले भनिन् ।
समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक छ । एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए । सोहीबेला निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए । ‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाई अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो । म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन । मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ अनि छानिएँ’, उनले भनिन् ।
अभिनयप्रति समृद्धिलाई सानैदेखि रुची थियो । उनले मोडलिङ हल्काफूल्का सिके पनि कलाकार हुन्छु भन्ने उनलाई लागेको थिएन । तर बुवाले मुम्बईमा अभिनयको इन्स्टिीच्यूट खोजेर उनलाई भर्ना गरिदिए । त्यहाँ उनले तीन वर्ष अभिनय कक्षा लिइन्
‘तीन वर्षको अध्ययन पछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ । क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकें । क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे । कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ । त्यसपछि विस्तारै आत्मविश्वास बढ्यो’, उनले भनिन् ।
समृद्धि आफ्नो कामबाट खुशी छिन् । नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् । निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र फिल्मका कलाकारको काम गर्ने शैलीबाट उनी प्रभावित रहिछन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: