रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर लु ३ त ३४०२ नम्बरको पानी ट्यांकर दुर्घटनामा परेको थियो । सोही ट्यांकरमा सवार रोल्पाको लुङरी गाउँपालिका ६ गुम्चालकी ४३ वर्षीया रुपसरी विष्टलाई च्यापेको थियो ।
घाइतेलाई उपचारका लागि रोल्पा अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । दुर्घटनापछि ट्यांकर चालक सिन्धुलीका १७ वर्षका राज थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार नयाँ बन्दै गरेको उकालो सडकबाट उक्त ट्यांकर लैजान खोज्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मृतकका आफन्तले क्षतिपूर्ति दिन माग गर्दै प्रहरीमा छलफल गर्न आग्रह गरेका छन् । उक्त विषयलाई लिएर छलफल भइरहेको पूर्वसांसद लेखनाथ आचार्यले बताए ।
मृतक महिला लामो समयदेखि लिवाङमा बस्दै आएकी थिइन् । श्रीमान्बाट अलग बस्दै आएकी उनका लिवाङमा छोरा र छोरी छन् । उनले ज्यालादारीमा काम गर्दै छोराछोरीलाई पढाउने गर्थिन् । शव पोस्टमार्टमका लागि रोल्पा अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: