Ntc summer Offer
Khabar Dabali २ असार २०८१ शनिबार | 15th June, 2024 Sat
NIMB

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । 

“मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ“, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ। 

प्रत्यक्षदर्शीका अनुसार ३  बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।  

उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो । 

घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।  अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२  जना सैनिक मारिएको सेनाले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमकाे असार १ गतेदेखि अनलिमिटेड अन–नेट भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुकालागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफर...

फिस्लिङ दुर्घटनाः उपचारका क्रममा चालकको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ। ...

नेपाल टेलिकमले मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने

काठमाडौं । नेपाल टेलिकमले मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने भएकाे छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबिच जल तथा मौसमजन्य...

मदिरामा रम्दै अन्तरवार्ता दिने सांसदले गरे संसद भवनमा मदिरा बार खोल्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आजको संसद बैठकमा निर्माणाधीन संसद भवनमा मदिरा पिउनका लागि मदिरा बार खोल्न प्रस्ताव गरेका छन् । स...

फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहि...

बक्र इदका अवसरमा असार ३ गते सार्वजनीक बिदा

काठमाडौं । सरकारले असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ । बक्र इदकाे अवसरमा सरकारले बिदा दिएकाे हाे । शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायण...

गोकर्णेश्वरबाट २२ जना जुवाडे पक्राउ

काठमाडौं  । काठमाडौंको गोकर्णेश्वरमा जुवा खेल्ने २२ जना टोलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल...

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभ...

काठमाडाैंमा इनार सफा गर्ने क्रममा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंकाे बुद्धनगरमा इनार सफा गर्ने क्रममा खसेर एक युवकको मृत्यु भएको छ । भोजपुर घर भइ   ललितपुरकाे बागडोल बस्ने ४० वर्षीय गोपाल महतको बि...

शपथ ग्रहणको भोलिपल्टै सांसद राईले दिइन् पदबाट राजीनामा

काठमाडौं । सिक्किम विधानसभा चुनावमा भारी जित हासिल गरेका मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ लिएको भोलिपल्टै उनकी पत्नी कृष्णकुमारी राईले सांसद पदबाट र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies