Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।  

“दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्थाबाट बाँच्न सक्नुभएन ।  उहाँ कुनै मुद्दा, सुनुवाई र आफ्नो परिवारसँगको कुनै पनि प्रकारको सञ्चार बिना सात वर्षसम्म सिरियाली हिरासतमा रहनुभएको थियो,” अमेरिकी बन्धक र बन्दीहरूका परिवारका सदस्यहरूद्वारा आफ्नो परिवारको तत्काल रिहाइको लागि वकालत गर्ने अभियान ‘ब्रिङ आवर फेमिलीज होम क्याम्पियन (बिओएफएच)’ का प्रवक्ता जोनाथन फ्रान्कसले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । 

“उहाँ एक दयालु र मायालु व्यक्ति हुनुहुन्थ्यो,” कमलमाजको व्यक्तित्वको वयान गर्दै फ्रान्कसले भने । उनले भने, “टेक्सासमा जन्मिनुभएका र पेसाले मनोचिकित्सक रहेका कमलमाजलाई सन् २०१७ मा दमास्कसको एक सुरक्षा जाँच केन्द्रमा आफ्नो परिवारलाई भेट्न जाँदा हिरासतमा लिइएको थियो । सिरियाली सरकारद्वारा बन्दी बनाइएका अमेरिकी कैदीहरूको रिहाइको प्रयासमा सन् २०२० मा ट्रम्प प्रशासनका अधिकारीहरूले दमास्कसको भ्रमण गरेपछि पनि अमेरिकी बन्दीको रिहाइका लागि सिरियाली सरकार सककारात्मक नदेखिएपछि परिवारका सदस्यहरू निराश भएका थिए । प्रारम्भिक नजरबन्ददेखि नै मौन रहनुभएका कमलमाज कहिल्यै घर फर्किनुभएन । 

यस वर्षको सुरुमा पहिलोपटक बन्धक र गलत नजरबन्द दिवसको सन्दर्भमा बोल्दै आफ्नो बुबाको बेपत्ता जीवनबारे मरियम कमलमाजले भने, “हामी उहाँ अदृश्य भएपनि उहाँको उपस्थितिको महसुस गरिरहने छौँ ।”

“विगत सात वर्षदेखि  हामी बुबाको अनुपस्थितिसँग सङ्घर्ष गरिरहेका छौं । हाम्रो परिवारले भोगेको पीडा र भावनात्मक उथलपुथलले हाम्रो जीवनमा ठुलो असर पारेको छ,” मरियमले आफ्नो बुबाको निधनको घोषणा पश्चात भने । 

“परिवार र सबै अमेरिकीले उहाँलाई धेरै याद गर्नेछौँ । हामी आवश्यक पर्ने अरूलाई सहयोग गर्ने उहाँको विरासत जीवित रहन्छ भन्नेमा आशावादी छौँ,” उनले भने । 

फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उहाँको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो ।  “जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,” होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमकोटमा बाक्लो हिमपात

हुम्ला । हुम्लाको सिमकोटमा बाक्लो हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहीबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहि...

बिहानदेखि हुलाकी राजमार्ग अवरुद्ध

नेपालगन्ज  । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेक...

विद्यार्थीले फलाएको तरकारी दिवा खाजामा

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेक...

गाउँपालिकाले दियाे किसानलाई कृषि सामग्री

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसान...

गाउँपालिकाले दियाे किसानलाई कृषि सामग्री

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसान...

हामी सबै देश आफै बनाउन लाग्नुपर्छ, लागेपछि नेपाल स्वर्ग बन्छः ओली

पोखरा  । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन । पोखरा स्वास्थ्य विज्...

ओली पोखरा पुग्दा प्रचण्ड चितवनकाे माडी

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । पोखरामा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरे...

भुटानि नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा

काठमाडौं  । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ शीर्षकको चलचित्र बन्ने भएको छ । चलचित्रले भुटानबाट ने...

कारोबार रकम बढ्दा सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज...

साना कम्पनीले पनि आईपीओ ल्याउन पाउने

काठमाडौं । अब साना कम्पनीहरुले पनि आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ कार्याविधि बनाएर साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy