ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।
स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताए । उनले भने,“यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरुपमा छैनन् । कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ । तरबारसमेत गर्न सकिएको छैन ।”
स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताँछन् । बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ । “बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल जारी छ । बसपार्क पनि आवश्यक हो तर प्राकृतिक पोखरीको अस्थित्व जोगाउन पनि त ध्यान दिनुप¥यो । पोखरीलगायत यहाँका सम्पदा संरक्षणमा स्थानीय तह र सम्बद्ध पक्ष जागरुक हुनुपर्छ”, उनले भने ।
खोकना पर्यटकीय दृष्टिकोणले सम्भावित गाउँ भएकाले यहाँका पोखरी र परम्परागत तेल व्यवसाय बचाइराख्नुपर्ने स्थानीय सुरेश डङ्गोलको भनाइ छ । पोखरी भरणका लागि आवश्यक पानी ल्याउन बनाइएका राजकुलो पनि अतिक्रमणमा परेकाले पोखरी सुख्खा हुने समस्या रहेकाले त्यसको निरुपण गर्न ध्यान दिनुपर्ने बताए । उनले भने, “पोखरीमा राजकुलोबाट पानी आउनुपर्ने हो तर आजभोलि आउनै छाड्यो । पोखरी सुक्खा छन् । भएका पोखरीको संरक्षण गर्न सकिएको छैन । यसमा जिम्मेवार निकायको ध्यान जानुपर्छे ।”
स्थानीयवासीले कुनै काममा निस्कँदा बाटोमा दायाँबायाँ पोखरी हेरेपछि शुभसाइत हुन्छ भन्ने मान्यतासहित यहाँ पोखरी निर्माण गरिएका स्थानीय जगत् डुङ्गोलले जानकारी बताउँछन् । त्यसैकारण बसपार्क छेउमा दायाँबायाँ खापोखरी र कमलपोखरी छन् ।
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन महर्जन तेल व्यवसायमा परिचित खोकनाका पोखरीलगायत अन्य ऐतिहासिक सम्पदा जोगाउन जरूरी रहेका बताउनुहुन्छ । ऐतिहासिक तोरी पेल्ने मिल, पोखरी, मन्दिर र परम्पराको जगेर्ना गरी पर्यटन प्रवर्द्धनमा जोड दिन वडा कार्यालयले योजना बनाइरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: