बारा । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई आयोग नभएर सरकार चाहेको आरोप लगाएका छन् । बाराको प्रसौनी गाउँपालिको प्रशासनिक भवन उदघाटन कार्यक्रममा बोल्दै ओलीले लामो समय सत्तामा राज गरेको काँग्रेस सत्ताच्युत भएपछि अत्तालिएको बताउँदै गृहमन्त्री विरूद्ध आयोग हैन, सरकार चाहेको आरोप लगाएका हुन् ।
प्रतिपक्षीहरू नेकपा एमालेसँग डराएर संसद भवन बाहिर बोलाइएको उनले बताए । संसदमा अदालतमा दोषी ठहर भएका फेरी उम्मेदवार बन्न नसक्नेहरू संसदमा चुट्कला गर्दा देश विकासको परिकल्पना गर्न नसकिने उनको भनाइ छ।
नेकपा एमाले सरकार छोडे देखि देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै राजनितीक अस्थिरताले देशमा उथलपुथल मच्चिएको समेत बताए । सरकारले गर्दा नै बेरोजगारी बढेको र हाल देशमा बेरोजगारीको संख्या १० लाख पुगेको उनले बताए । सरकारको वर्तमान अवस्थाले नै युवाहरू विदेशीनु परेकोउनको भनाइ छ ।
उधोगी व्यवसायीहरूले देशमै उधोगको स्थापना गरि युवा जनशक्तिलाई विदेशीनुबाट जोगाउनु पर्ने उधोगीहरूलाई आव्हवान गर्दै देशको जनशक्ति स्वदेश मै प्रयोग गर्न सके अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनले बताए ।
मधेसलाई हराभरा बनाउन सबैले आ आफ्नो घर वरीपरी वृक्षारोपण गर्नु पर्नेमा ओलीले जोड दिएका थिए । वृक्षारोपणले वतावरण हरियो बनाउने वतावरण स्वच्छ बनाउन मदत पुग्ने उनले बताएका छन् । मधेशमा अहिले पानीको हाहाकार रोक्नलाई पनि वृक्षारोपण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
संवृद्ध नेपाल सुखी नेपाल बनाउन हामी सबै आ आफ्नै ठाउबाट लाग्नुपर्ने बताए ।चक्रपात भएको बेला नेकपा सरकारले केही महिनामा घर बनाएर पिडित परिवारलाई हस्तान्तरण गरेको उनले बताए । मिसन २०८४ सफल बनाउन देशभरी एमाले जित्नेमा आफु विश्वस्त रहेको बताए ।
मधेशमा प्रयाप्त पानी हुदा पनि सिचाइमा समस्या आएको ओलीले बताए । सिचाईको समस्या नभए पनि सुख्खा रहेको बताए । खोला भए पनि त्यसको पानी संचय गर्न नसक्दा सिचाइमा समस्या भएको उनले बताए । नेकपा एमाले सरकारले सुनकोशी बाट मरिनमा पानी ल्याएर बागमतीमा झारेर सिचाई व्यवस्थित गर्ने बताए ।
असहज परिस्थितिको बावजूद प्रशानिक भवन उदघाटनमा आए यहा चाहिने भौतिक निर्माण देखि अब्बल कर्मचारीहरूको सहयोगले जनतामुखी सेवा दिने सुझाव दिएका थिए । देशको अर्थतन्त्र ओरालो लागेकोले विकास निर्माणको कार्यमा अवरोध आएको पुर्व प्रधानमन्त्रीले बताए । अर्थतन्त्रले गर्दा पुराना तथा थप्ने योजना अलपत्र परेको छ ।
उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ, कृषि मन्त्री ज्वाला साह, अच्युत मैनाली, गाउपालिका अध्यक्ष विनोद जैयसवार लगायतले जनताले पाउनुपर्ने सेवा सुविधा छिटो छरितो प्रदान गर्नुपर्ने निर्देशन दिएका थिए ।
भवन उदघाटन कार्यक्रममा शुभकामना दिदै प्रमुख प्रशासकिय अधिकृत सुमित सिहले ०७८ मंसिर २४ गते शिलान्यास भएको बताए । नागार्जुन आशिका जेभी बालाजु काठमाडौंले ३ करोड ३९ लाखमा आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न भएको सिहले बताए । नव निर्मित प्रसौनी गाउपालिकाको प्रशासनिक भवनमा ६ कोठा महिला अपाङ्ग मैत्री शौचालय सहित भवन निर्माण गरिएको जानकारी गराए ।कर्मचारीहरू जनतालाई सहजताको साथ सेवा प्रदान गर्नमा आफु विश्वस्त रहेको सिहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: