Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बसाइँसराइको प्रभावः विध्यार्थी नभएपिछ धमाधम बन्द हुँदै सरकारी विद्यालय

खबरडबली संवाददाता

गोरखा  । स्थानीय तहको संरचना बन्नुअघि अजिरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए। सात वर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्चालनमा रहेको त्यहाँको शिक्षा शाखाले जनाएको छ।

‘बसाइँसराइले गर्दा यहाँ विद्यालय धमाधम खाली हुन थाले’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सीताराम पन्त भन्छन्, ‘यहाँको मात्र होइन, सबै ठाउँको अवस्था यस्तै होला।’

बारपाक सुलीकोट गाउँपालिकामा पनि सात वर्षको अवधिमा १० विद्यालय बन्द भएका छन्। ‘हामी आउनुअघि ४६ वटा विद्यालय थिए। अहिले ३६ वटा मात्र सञ्चालित छन्’, शिक्षा शाखाका भीमकुमार श्रेष्ठ भन्छन्, ‘नजिकको लिडर विद्यालयले व्यवस्थापन हेर्ने गरी विद्यार्थी संख्या अति कम भएका केही विद्यालयबाट यो वर्ष पनि शिक्षक अन्यत्र खटाइँदैछ।’ 

यी दुई पालिकामा मात्र होइन, अहिले गोरखाका सबै पालिकामा विद्यालयहरू धमाधम बन्द भइरहेका छन्। विद्यार्थी शून्य भएपछि ११ वटै पालिकामा विद्यालयहरू बन्द हुन थालेको हो। कैयौँ विद्यालयलाई ईसीडी तहमा घटुवा गरिएको छ। एक, दुई जना बालबच्चा राखेर ईसीडी कक्षा सञ्चालन गरे पनि त्यस्ता विद्यालयलाई औपचारिक रूपमा बन्द भन्न नमिल्ने शिक्षा शाखाका कर्मचारीहरू बचाउ गर्ने गर्छन्। 

धार्चे गाउँपालिका—७ ठाँटीको एक प्राविमा जम्मा एक जना विद्यार्थी छन्। एक जना मात्र भए पनि उनको पढ्ने अधिकार सुरक्षित गर्नुपर्ने भन्दै पालिकाले त्यहाँ विद्यालय सञ्चालन गरिरहेको जनाएको छ। लेकाली भेगको बस्ती भएकाले नजिक अर्को विद्यालय नहुँदा एक, दुई जनामात्र विद्यार्थी भए पनि बन्द गर्न भने नमिल्ने शिक्षा शाखाका कर्मचारी टेक गुरुङ बताउँछन्।

‘ठाँटीको एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी छन्। त्यो गाउँबाट वरिपरिको अर्को जुन गाउँ जान पनि दुई, तीन घण्टा लाग्छ’, उनी भन्छन्, ‘एकजना मात्र भए पनि पढ्ने अधिकार त खोस्न भएन भनेर विद्यालय सञ्चालन गरेका छौँ।’ यस्तो अवस्था अरू गाउँमा पनि रहेको उनको भनाइ छ। ‘गत वर्षभन्दा यस वर्ष चार सय जना विद्यार्थी घटेका छन्’, उनले भने।

२०७४ सालसम्म ५३ वटा विद्यालय रहेको सिरानचोक गाउँपालिकामा अहिले ४६ वटा मात्र रहेको शिक्षा शाखाका कृष्ण पोखरेलले जानकारी दिए। ‘सात वर्षमा सात वटा विद्यालय बन्द भइसक्यो। केही दिनभित्र अरू विद्यालय पनि मर्जर गर्ने गृहकार्य भइरहेको छ’, पोखरेलले भने, ‘स्कुल खारेज नभए पनि धेरैलाई ईसीडीमा सीमित गर्ने तयारी छ।’

पालुङटार नगरपालिकामा २०७६ सालसम्म ४४ वटा सामुदायिक विद्यालय थिए। पाँच वर्षको यो अवधिमा ३८ वटा मात्र बाँकी रहेका छन्। सञ्चालनमा रहेकामध्ये कैयौँ विद्यालय ईर्सडी र कक्षा एकमा मात्र सीमित छन्। ‘हाम्रो पालिकाको विगत तीन वर्षको विद्यार्थी संख्याको अभिलेख हेर्दा बर्सेनि अन्दाजी पाँच सय जनाका दरले घट्दैछ’, शिक्षा शाखाका माधव पोखरेल भन्छन्, ‘बसाइँसराइ अत्यधिक छ। विद्यालय कसरी चल्छन् रु’ 

विद्यार्थी संख्या अति न्यून भएपछि गोरखा नगरपालिकाले केही दिनअघि १६ वटा विद्यालयको तह घटुवा गरेको छ। सोमध्ये केही विद्यालयलाई कक्षा १ मा र अधिकांशलाई ईर्सडीमा सीमित गरिएको छ। स्थानीय तह सुरु हुनुअघि ४९ वटा सामुदायिक विद्यालय रहेको यहाँ अहिले ४६ वटा मात्र रहेका नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यार्थी संख्या अति न्यून भएपछि आरुघाट गाउँपालिका पनि तह घटुवाको क्रममा छ। गत शैक्षिक सत्रमा ६ वटा विद्यालयको तह घटुवा गरेको शिक्षा शाखाले जनाएको छ। विद्यार्थी संख्या शून्य भएपछि गण्डकी गाउँपालिकाले पनि यो वर्ष दुई वटा विद्यालय बन्द गराएको छ। चार वटालाई तह घटुवा गरेर ईसीडी मात्र सञ्चालन गरेको शिक्षा शाखा प्रमुख सुदीप पन्थले जानकारी दिए। त्यस्तै सहिद लखन गाउँपालिकाले पनि दुई वटा विद्यालय बन्द गराएको छ। विद्यार्थी संख्या अति न्यून भएका विद्यालयहरूका हकमा के गर्ने भन्ने बारे आउँदो असारसम्म अर्को निर्णय गर्ने शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending