Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

बसाइँसराइको प्रभावः विध्यार्थी नभएपिछ धमाधम बन्द हुँदै सरकारी विद्यालय

खबरडबली संवाददाता

गोरखा  । स्थानीय तहको संरचना बन्नुअघि अजिरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए। सात वर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्चालनमा रहेको त्यहाँको शिक्षा शाखाले जनाएको छ।

‘बसाइँसराइले गर्दा यहाँ विद्यालय धमाधम खाली हुन थाले’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सीताराम पन्त भन्छन्, ‘यहाँको मात्र होइन, सबै ठाउँको अवस्था यस्तै होला।’

बारपाक सुलीकोट गाउँपालिकामा पनि सात वर्षको अवधिमा १० विद्यालय बन्द भएका छन्। ‘हामी आउनुअघि ४६ वटा विद्यालय थिए। अहिले ३६ वटा मात्र सञ्चालित छन्’, शिक्षा शाखाका भीमकुमार श्रेष्ठ भन्छन्, ‘नजिकको लिडर विद्यालयले व्यवस्थापन हेर्ने गरी विद्यार्थी संख्या अति कम भएका केही विद्यालयबाट यो वर्ष पनि शिक्षक अन्यत्र खटाइँदैछ।’ 

यी दुई पालिकामा मात्र होइन, अहिले गोरखाका सबै पालिकामा विद्यालयहरू धमाधम बन्द भइरहेका छन्। विद्यार्थी शून्य भएपछि ११ वटै पालिकामा विद्यालयहरू बन्द हुन थालेको हो। कैयौँ विद्यालयलाई ईसीडी तहमा घटुवा गरिएको छ। एक, दुई जना बालबच्चा राखेर ईसीडी कक्षा सञ्चालन गरे पनि त्यस्ता विद्यालयलाई औपचारिक रूपमा बन्द भन्न नमिल्ने शिक्षा शाखाका कर्मचारीहरू बचाउ गर्ने गर्छन्। 

धार्चे गाउँपालिका—७ ठाँटीको एक प्राविमा जम्मा एक जना विद्यार्थी छन्। एक जना मात्र भए पनि उनको पढ्ने अधिकार सुरक्षित गर्नुपर्ने भन्दै पालिकाले त्यहाँ विद्यालय सञ्चालन गरिरहेको जनाएको छ। लेकाली भेगको बस्ती भएकाले नजिक अर्को विद्यालय नहुँदा एक, दुई जनामात्र विद्यार्थी भए पनि बन्द गर्न भने नमिल्ने शिक्षा शाखाका कर्मचारी टेक गुरुङ बताउँछन्।

‘ठाँटीको एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी छन्। त्यो गाउँबाट वरिपरिको अर्को जुन गाउँ जान पनि दुई, तीन घण्टा लाग्छ’, उनी भन्छन्, ‘एकजना मात्र भए पनि पढ्ने अधिकार त खोस्न भएन भनेर विद्यालय सञ्चालन गरेका छौँ।’ यस्तो अवस्था अरू गाउँमा पनि रहेको उनको भनाइ छ। ‘गत वर्षभन्दा यस वर्ष चार सय जना विद्यार्थी घटेका छन्’, उनले भने।

२०७४ सालसम्म ५३ वटा विद्यालय रहेको सिरानचोक गाउँपालिकामा अहिले ४६ वटा मात्र रहेको शिक्षा शाखाका कृष्ण पोखरेलले जानकारी दिए। ‘सात वर्षमा सात वटा विद्यालय बन्द भइसक्यो। केही दिनभित्र अरू विद्यालय पनि मर्जर गर्ने गृहकार्य भइरहेको छ’, पोखरेलले भने, ‘स्कुल खारेज नभए पनि धेरैलाई ईसीडीमा सीमित गर्ने तयारी छ।’

पालुङटार नगरपालिकामा २०७६ सालसम्म ४४ वटा सामुदायिक विद्यालय थिए। पाँच वर्षको यो अवधिमा ३८ वटा मात्र बाँकी रहेका छन्। सञ्चालनमा रहेकामध्ये कैयौँ विद्यालय ईर्सडी र कक्षा एकमा मात्र सीमित छन्। ‘हाम्रो पालिकाको विगत तीन वर्षको विद्यार्थी संख्याको अभिलेख हेर्दा बर्सेनि अन्दाजी पाँच सय जनाका दरले घट्दैछ’, शिक्षा शाखाका माधव पोखरेल भन्छन्, ‘बसाइँसराइ अत्यधिक छ। विद्यालय कसरी चल्छन् रु’ 

विद्यार्थी संख्या अति न्यून भएपछि गोरखा नगरपालिकाले केही दिनअघि १६ वटा विद्यालयको तह घटुवा गरेको छ। सोमध्ये केही विद्यालयलाई कक्षा १ मा र अधिकांशलाई ईर्सडीमा सीमित गरिएको छ। स्थानीय तह सुरु हुनुअघि ४९ वटा सामुदायिक विद्यालय रहेको यहाँ अहिले ४६ वटा मात्र रहेका नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यार्थी संख्या अति न्यून भएपछि आरुघाट गाउँपालिका पनि तह घटुवाको क्रममा छ। गत शैक्षिक सत्रमा ६ वटा विद्यालयको तह घटुवा गरेको शिक्षा शाखाले जनाएको छ। विद्यार्थी संख्या शून्य भएपछि गण्डकी गाउँपालिकाले पनि यो वर्ष दुई वटा विद्यालय बन्द गराएको छ। चार वटालाई तह घटुवा गरेर ईसीडी मात्र सञ्चालन गरेको शिक्षा शाखा प्रमुख सुदीप पन्थले जानकारी दिए। त्यस्तै सहिद लखन गाउँपालिकाले पनि दुई वटा विद्यालय बन्द गराएको छ। विद्यार्थी संख्या अति न्यून भएका विद्यालयहरूका हकमा के गर्ने भन्ने बारे आउँदो असारसम्म अर्को निर्णय गर्ने शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending