विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेलिएको छ ।
मुख्यमन्त्री कार्कीले एमालेको तर्फबाट सरकार विस्तारको लागि तयारी भएपनि माओवादीबाट थप छलफलको माग भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा सहमति नजुटेपछि आज सरकार विस्तार हुन नसकेको बताए । ‘अर्थ मन्त्रालयमा कुरा मिलेको छैन । अरू सबै विषय मिलिसकेको हो’ उनले भेन, ‘आजै मन्त्रीमण्डल विस्तार हुने सम्भावना कम भएको छ ।’
गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई अहिलेसम्म विभागीय जिम्मेवारी दिइएको छैन ।
आर्थिक मामिला मन्त्रालय पाएको खण्डमा आफू मन्त्री हुनुपर्ने भन्दै माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले पहल गरिरहेका छन् । तर, एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै राख्नु उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको छ । एमालेले आर्थिक मामिला एमालेले नै लिनेगरि यसअघि नै करिब सहमति भइसकेको भन्दै माओवादीभित्रको आन्तरिक छलफलको कारण आज सरकार विस्तार हुन नसकेको जनाएको छ ।
माओवादीले आर्थिक मामिला मन्त्रालय नपाए उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिने संभावना छ । माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरुलाई नै पुनः मन्त्रीमण्डलमा पठाउने तयारी रहेको छ । यसअघि मन्त्री रहेका उप्रेतीसहित राजेन्द्रकुमार कार्की र नारायणबहादुर मगर नै दोहोरिने माओवादीका एक पदाधिकारीले बताए ।
एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लिलाबल्लभ अधिकारी र झापाका एकराज कार्की मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ । अहिले एउटा मन्त्रालय खाली राख्ने तयारीमा मुख्यमन्त्री छन् । सरकारलाई समावेशी बनाउन केहि राज्यमन्त्री बनाउने तयारी छ । मन्त्रीको आकांक्षी रहेका एमालेका सिर्जना राई र निरन राई राज्यमन्त्री बन्ने संभावना छ ।
यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरु नै यसपटक एमालेबाट अवसर पाउने भएका छन् । बिहीबार सहमति जुट्न नसकेपनि शुक्रबारसम्ममा सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षीमा बसेको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रीमण्डलमा समावेश गराउनु पर्ने दबाब दिइरहेको बताइएको छ । सोही कारण पनि एक मन्त्रालय खाली राख्नु परेको एमाले स्रोत बताउँछ ।
मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै एक हप्तामा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका थिए । बजेट निर्माण गर्नुपर्ने साथै आर्थिक वर्षको अन्त्यमा बजेट खर्चलाई बढाउनु पर्ने प्रदेश सरकारलाई दबाब छ । सोही कारण पनि मन्त्रीमण्डल विस्तारको काम सकेर बजेट निर्माणमा लाग्ने मुख्यमन्त्रीको तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: