Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

खबरडबली संवाददाता

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेलिएको छ ।

मुख्यमन्त्री कार्कीले एमालेको तर्फबाट सरकार विस्तारको लागि तयारी भएपनि माओवादीबाट थप छलफलको माग भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा सहमति नजुटेपछि आज सरकार विस्तार हुन नसकेको बताए । ‘अर्थ मन्त्रालयमा कुरा मिलेको छैन । अरू सबै विषय मिलिसकेको हो’ उनले भेन, ‘आजै मन्त्रीमण्डल विस्तार हुने सम्भावना कम भएको छ ।’

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई अहिलेसम्म विभागीय जिम्मेवारी दिइएको छैन ।

आर्थिक मामिला मन्त्रालय पाएको खण्डमा आफू मन्त्री हुनुपर्ने भन्दै माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले पहल गरिरहेका छन् । तर, एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै राख्नु उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको छ । एमालेले आर्थिक मामिला एमालेले नै लिनेगरि यसअघि नै करिब सहमति भइसकेको भन्दै माओवादीभित्रको आन्तरिक छलफलको कारण आज सरकार विस्तार हुन नसकेको जनाएको छ ।

माओवादीले आर्थिक मामिला मन्त्रालय नपाए उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिने संभावना छ । माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरुलाई नै पुनः मन्त्रीमण्डलमा पठाउने तयारी रहेको छ । यसअघि मन्त्री रहेका उप्रेतीसहित राजेन्द्रकुमार कार्की र नारायणबहादुर मगर नै दोहोरिने माओवादीका एक पदाधिकारीले बताए ।

एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लिलाबल्लभ अधिकारी र झापाका एकराज कार्की मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ । अहिले एउटा मन्त्रालय खाली राख्ने तयारीमा मुख्यमन्त्री छन् । सरकारलाई समावेशी बनाउन केहि राज्यमन्त्री बनाउने तयारी छ । मन्त्रीको आकांक्षी रहेका एमालेका सिर्जना राई र निरन राई राज्यमन्त्री बन्ने संभावना छ ।

यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरु नै यसपटक एमालेबाट अवसर पाउने भएका छन् । बिहीबार सहमति जुट्न नसकेपनि शुक्रबारसम्ममा सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षीमा बसेको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रीमण्डलमा समावेश गराउनु पर्ने दबाब दिइरहेको बताइएको छ । सोही कारण पनि एक मन्त्रालय खाली राख्नु परेको एमाले स्रोत बताउँछ ।

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै एक हप्तामा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका थिए । बजेट निर्माण गर्नुपर्ने साथै आर्थिक वर्षको अन्त्यमा बजेट खर्चलाई बढाउनु पर्ने प्रदेश सरकारलाई दबाब छ । सोही कारण पनि मन्त्रीमण्डल विस्तारको काम सकेर बजेट निर्माणमा लाग्ने मुख्यमन्त्रीको तयारी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending