काठमाडौं। नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी- ४ २०२४ मा सहभागी हुने ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ। भियतनामको दनाङ प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिदैं तेक्वान्दोको विदेशकी प्रशिक्षक झिकाउने विषयमा तेक्वान्दो संघले चाँडो प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिए । प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुनेछन् । पलेशाले छनोट चरण पार गरेर पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एक मात्र खेलाडी हुन् ।
पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । पलेशा चौथो एसियाली पारा खेलकुदको कास्य पदक विजेता पनि हुन् । उक्त पदक नेपालले पारा एसियाली खेलकुदमा हासिल गरेको एक मात्र हो । पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।
नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी दिए । एसियन च्याम्पिनसिपबाट (याङकिङमा आउन र (याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।
प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।
बिदाइका अवसरमा राखेपका सदस्य–सचिव प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबादुर चन्द, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो ।
टोली शुक्रबार भियतनाम जाने तालिका रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: