दाङ । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ ।
दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन् । तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए । अङ्ग्रेजी माध्यामबाट कक्षा सुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उनले बताए ।
राप्ती गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजी विद्यालय छाडेर भर्ना भएका छन् । प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका–१ मा पनि निजी विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन् । प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजी विद्यालयबाट मात्रै भर्ना भएका छन् ।
राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन् । प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले सोही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन् । सोही विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ ।
यी त केही उदाहरणमात्रै हुन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ । अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको सङ्ख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताए । सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ । सोहीअनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विकलगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स–साना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताए । उनले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताए । “हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ”, उनले भने, “त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: