Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

खबरडबली संवाददाता

काठमाडौं  । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि समेत जितेकी शर्मिलाले बिजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

काठमाडौंको जमल स्थित नाचघरमा सोमबार बेलुका सम्पन्न सो प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले, १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हाँसिल गरे ।

समारोहमा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन गरी तीन अवार्ड हाँसिल गरिन् । यस्तै एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड सहित फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया च्वाइस अवार्ड हाँसिल गरिन् ।

मस्ट पँचुअल अवार्ड सबिना शाहीले, मस्ट इन्नोसेन्ट व्युटिसियन अवार्ड अनिता कालीकोटेले, मस्ट डिसिप्लेन अवार्ड जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली अवार्ड मैना श्रेष्ठले, बेस्ट एण्ड हेल्दी हेयर अवार्ड उषा कापडले, बेस्ट स्किन अवार्ड हिसिला महर्जनले, स्माइल अवार्ड अस्मिता अधिकारीले, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल अवार्ड सनम खड्गीले, मस्ट कन्फिडेन्ट अवार्ड सबिना महर्जनले, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठले, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेलले, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्रीले, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापाले, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले, बेस्ट क्याटवाक अवार्ड आरती राईले, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले, म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले हाँसिल गरे ।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पुजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाईनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट थिए ।

 कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सिता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुशुम भण्डारीलाई सम्मानित गरियो । यस्तै हिमालयन ब्रअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाईनरहरु दिलमायाँ मगर, सुजन देउवा, कुमार श्रेष्ठ, दिलमाया मगर, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।

बरिष्ट सौन्दर्यकर्मी सोनी कारँजितको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणी कोईराला, लयन्स एल ३२५ डिस्ट्रकका नव गभर्नर सुमन भट्ट, समाजसेवी अमित शर्मा, आयोजक डब्बु क्षत्रीले गरेका थिए । यस्तो प्रतियोगिताले व्युटिसियनहरुकाले व्यक्तित्व विकाश र क्षमता बृद्धिमा ठुलो मद्धत पुग्ने मन्त्री चौधरीले कार्यक्रममा बताईन् । यस्तै सभापति सोनी कारँजितले छैटौं संस्करणसम्म आईपुग्दा यो क्षेत्रमा धेरै व्युटिसियनहरुले उपाधि जितेर यो क्षेत्रको विकाशमा योगदान पु¥याएको बताईन् ।

अग्रज सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको ग्रान्ड फिनाले कार्यक्रम संगीतमय भएको थियो । जसमा अग्रज गायक नमराज ढुँगाना, आर्जन पाण्डे, चलचित्र पुजार सार्कीका गायक देबेन्द्र बराल, गायिका मुना ठटाल, गायक नारायण थापा, गायिका सुजाता केसीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । यस्तै अभिनेत्री प्रतीक्षा काफ्ले र व्युटिसियन श्वेता श्रेष्ठ मगरको नृत्य पनि कार्यक्रमको आकर्षण बनेको थियो ।

दिनेश डिसीले सञ्चालन गरेको यो प्रतियोगिताको निर्देशकमा कस्मोटेलोजिष्ट परिषी कारँजित, व्यबस्थापक प्रमुखमा सरिता भारती र अफिसिय कोरियोग्राफरमा जयन सुब्बा मानन्धर थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

बैतडीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मङ्गलबार मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending