Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

खबरडबली संवाददाता

काठमाडौं  । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि समेत जितेकी शर्मिलाले बिजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

काठमाडौंको जमल स्थित नाचघरमा सोमबार बेलुका सम्पन्न सो प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले, १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हाँसिल गरे ।

समारोहमा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन गरी तीन अवार्ड हाँसिल गरिन् । यस्तै एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड सहित फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया च्वाइस अवार्ड हाँसिल गरिन् ।

मस्ट पँचुअल अवार्ड सबिना शाहीले, मस्ट इन्नोसेन्ट व्युटिसियन अवार्ड अनिता कालीकोटेले, मस्ट डिसिप्लेन अवार्ड जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली अवार्ड मैना श्रेष्ठले, बेस्ट एण्ड हेल्दी हेयर अवार्ड उषा कापडले, बेस्ट स्किन अवार्ड हिसिला महर्जनले, स्माइल अवार्ड अस्मिता अधिकारीले, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल अवार्ड सनम खड्गीले, मस्ट कन्फिडेन्ट अवार्ड सबिना महर्जनले, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठले, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेलले, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्रीले, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापाले, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले, बेस्ट क्याटवाक अवार्ड आरती राईले, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले, म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले हाँसिल गरे ।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पुजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाईनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट थिए ।

 कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सिता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुशुम भण्डारीलाई सम्मानित गरियो । यस्तै हिमालयन ब्रअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाईनरहरु दिलमायाँ मगर, सुजन देउवा, कुमार श्रेष्ठ, दिलमाया मगर, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।

बरिष्ट सौन्दर्यकर्मी सोनी कारँजितको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणी कोईराला, लयन्स एल ३२५ डिस्ट्रकका नव गभर्नर सुमन भट्ट, समाजसेवी अमित शर्मा, आयोजक डब्बु क्षत्रीले गरेका थिए । यस्तो प्रतियोगिताले व्युटिसियनहरुकाले व्यक्तित्व विकाश र क्षमता बृद्धिमा ठुलो मद्धत पुग्ने मन्त्री चौधरीले कार्यक्रममा बताईन् । यस्तै सभापति सोनी कारँजितले छैटौं संस्करणसम्म आईपुग्दा यो क्षेत्रमा धेरै व्युटिसियनहरुले उपाधि जितेर यो क्षेत्रको विकाशमा योगदान पु¥याएको बताईन् ।

अग्रज सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको ग्रान्ड फिनाले कार्यक्रम संगीतमय भएको थियो । जसमा अग्रज गायक नमराज ढुँगाना, आर्जन पाण्डे, चलचित्र पुजार सार्कीका गायक देबेन्द्र बराल, गायिका मुना ठटाल, गायक नारायण थापा, गायिका सुजाता केसीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे । यस्तै अभिनेत्री प्रतीक्षा काफ्ले र व्युटिसियन श्वेता श्रेष्ठ मगरको नृत्य पनि कार्यक्रमको आकर्षण बनेको थियो ।

दिनेश डिसीले सञ्चालन गरेको यो प्रतियोगिताको निर्देशकमा कस्मोटेलोजिष्ट परिषी कारँजित, व्यबस्थापक प्रमुखमा सरिता भारती र अफिसिय कोरियोग्राफरमा जयन सुब्बा मानन्धर थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending