काठमाडौं । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख्यामा गोलमाल भएको छ ।
एकै प्रकारको कोटामा दुई मुलुकले विद्यार्थीको नाम र सङ्ख्या फरक फरक सार्वजनिक गरेपछि विद्यार्थी समस्यामा परेका छन् । यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका लागि बङ्गलादेशका राजदूत र सरोकारवालाबिच छलफल गरेको छ । बङ्गलादेश सरकारले शैक्षिक वर्ष सन् २०२३/२४ मा प्राप्त चिकित्सा शिक्षा अध्ययनका लागि एमबिबिएसतर्फ १९ र बिडिएसतर्फ तीन गरी २२ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो ।
उक्त छात्रवृत्ति कोटा अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत माघ १० गते तोकिएका विषयमा तोकिएको सङ्ख्यामा विद्यार्थीको सम्पर्क विवरणसहितको नामावली परराष्ट्र मन्त्रालयमा सिफारिस गरी पठाएको थियो तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस अनुसार २२ जना विद्यार्थीलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा सिफारिस भएकामध्ये एमबिबिएसतर्फ १० र बिडिएसतर्फ दुई जनालाई मात्रै सो अवसर प्राप्त भएको भनी काठमाडौं स्थित बङ्गलादेश राजदूतावासको यही वैशाख २ गते कूटनीतिक नोट पठाएको थियो ।
सोही नोटसहितको विवरण परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई वैशाख २१ गते जानकारी गराएको थियो । नेपालमा छनोट भएकाभन्दा फरक विद्यार्थीको नाम बङ्गलादेश सरकारले सार्वजनिक गरेपछि विद्यार्थी समस्यामा परेको घटना सार्वजनिक भएको थियो ।
विद्यार्थीबाट गुनासो आएपछि आफूहरूको सिफारिसपत्रमा नाम समावेश भएका विद्यार्थीलाई नै कन्फर्मेसन प्राप्त हुने व्यवस्था गर्नका लागि शिक्षा मन्त्रालयले वैशाख २१ गते मन्त्रीस्तरीय निर्णयमार्फत परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए ।
यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले जनगणतन्त्र बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग मन्त्रालयमा भेटघाट गरी छलफल गरिसकेका छन् । परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेत उपस्थित छलफलमा राजदूत चौधरीले यस समस्याका विषयमा आफूहरू जानकार रहेको बताउँदै यथाशीघ्र समाधान गर्नेतर्फ सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता दाहालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: