Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई

खबरडबली संवाददाता

सुनसरी  । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् ।

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासङ्घको प्रथम अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएकाम हुन् । 
उनीसँगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएकाम छन्  । उपसभापतिद्वयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्वयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्वयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित भएक छन् ।

त्यसैगरी, सदस्यहरूमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्बु, पुकार तामाङ, मोहित राई, दिलकृष्ण तामाङ, धनमाया लिम्बु, सङ्गीता सुनुवार लिम्बु र निर्मला राई रहेका छन् ।

अधिवेशनले सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेको छ  ।

निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । नवनिर्वाति सभापति राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिनु भएकोमा नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफूप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शबाट अविचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसँग जोड्दै समुदायको हकहीतका लागि प्रतिबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्वय ललिता अधिकारी शर्मा र पूजा धामीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending