Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रसको तयारी

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेका कारण श्ुक्रबार प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेन ।

बजेट अधिवशेनअन्तर्गतको पहिलो बैठक संसद भवन नयाँ बानेश्वरमा २ बजे डाकिएको भए पनि झण्डै ४ बजे बल्ल सुरु भएको भए पनि कांग्रेसको अवरोधका कारण सुचारु हुन सकेन । 

बैठक सुरु भएर सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार अगाडि बढाउन खोजेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद गगनकुमार थापालाई ३ मिनेट बोल्न समय दिए।

प्रतिपक्षी दलका तर्फबाट थापा बोलेपछि संसदका कामकारबाही अगाडि बढ्नुपर्ने हो तर त्यसो भएन। कांग्रेस सांसदहरु झन् चर्को स्वरमा नाराबाजी सुरु गरे । उनीहरुको होहल्लाका बीच सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सूचना पढेर सुनाउँदै थिए, कांग्रेस सांसद वेल घेर्न पुगे । सभामुखले पूरै सूचना पढेर सुनाउनै पाएनन् ।  बजेट अधिवेशनको पहिलो दिन बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो  

पोखराको सूर्यदर्शन सहकारीमा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको प्रमाणसहितको प्रतिवेदन पोखरा महानगरपालिकाले प्रतिवेदन बुझाएको छ। महानगरको छानबिन टोलीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रतिनिधि पनि सामेल थिए ।

सो प्रतिवेदनका केही अंश कांग्रेसले शुक्रबार दलको बैठकमा वितरण गर्‍यो। सांसदहरूले ती विवरण अध्ययन गरे। अनि, उसले रणनीति बदल्यो र रविलाई संसद्‌मा बोल्न दिने तर उनीसमेत संलग्न देशभरका सहकारी समस्या छनबिन गर्न संसदीय छानबिन समिति बनाउने अडान कायम राख्यो ।  तर, बैठक सुरु हुनेबित्तिकै सभामुखको भूमिकाबाट आक्रामक हुनुपरेको कांग्रेस सचेतक सुशीला थिङले बताइन्। 

कांग्रेसको  दुई कुरामा तयारी थियो, सुरुमा गगन थापा बोलेर गृहमन्त्री लामिछानेलाई बोल्न दिने । अनि राम्रो नराम्रो के हुन्छ ? या गृहमन्त्रीले राम्रै गर्नुभयो भनेर छानबिन समिति बनाउने वा नबने बैठक स्थगित गर्ने। तर सत्तापक्षले जबर्जस्ती गरेपछि त्यस्तो हुन नसकेको उनले बताइन् । सरकारकै कारण गृहमन्त्री बोल्न नपाएको उनले बताइन् ।

पहिलोपटक कांग्रेसको नाराबाजीले अवरोध भएपछि सभामुख घिमिरेले १५ मिनेट बैठक स्थगनको सूचना सुनाए । सभामुखले नै सबै दलका प्रमुख सचेतकसँग छलफल गरेर संसदका कार्यसूची प्रस्तुत गर्ने प्रस्ताव राखे । तर कांग्रेस तयार भएन । दोस्रो बैठकको सुरुमै सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपनि कांग्रेसका सांसद वेल घेर्न पुगेपछि सभामुख घिमिरेले जेठ १ गते ६ बजे सम्मलाई बैठक स्थगित भएको सूचना पढेर सुनाए । जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको छ ।

के तयारी  गर्दै छ कांग्रेस ?

कांग्रेसको शनिबार  बिहान ९ बजे सभापति देउवाले आफ्नो बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीसहित दलको बैठक बोलाएका छन्।

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने रणनीति बुनिरहेको सभामुखनिकट स्रोतले बतायो ।  राष्ट्रपतिले पठाएको पत्रमै नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने र दुवै सदनको संयुक्त बैठक सुरु गर्न भनेर लेखिएको छ स्रोतले बतायो । त्यो बैठक राष्ट्रपतिले बोलाएको हुँदा अरु कारण देखाएर रोक्न नमिल्ने स्रोतको भनाइ छ ।

यदि त्यो दिन बैठक नराख्ने हो भने सरकारले अर्को निर्णय गरेर राष्ट्रपतिको कार्यक्रम हेरफेर गर्नुपर्ने हुन्छ। तर सभामुखले दलहरूसँग छलफल गरेर कम्तीमा राष्ट्रपति आउने दिनका लागि भए पनि विपक्षीलाई लचक नीति अपनाउनका लागि प्रयास गर्ने उनीनिकट स्रोतको भनाइ छ । सहमतिका लागि अधिकतम प्रयास गर्ने तर अरू कारण देखाएर बैठक सार्ने र रोक्ने सम्भावना नरहेको संसद सचिवालयका एक अधिकारीले बताए ।

बैठक स्थगित गरिएपछि शुक्रबार नै भएको छलफलमा पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेको नामै किटेर छानबिन समिति बन्नुपर्ने अडान राखेका थिए । तर, एमाले, माओवादी र रास्वपा त्यसका लागि तयार छैनन् । यदि कुनै सहमति बनेन भने कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुनै नदिने रणनीति अपनाउने सम्भावना बनेको  छ।

हाम्रो माग पूरा नभए नीति तथा कार्क्रम प्रस्तुत हुन नदिने कांग्रेसको तयारी रहेको एक नेताले बताए ।  बजेट पेस हुने बाटो पनि अवरुद्ध हुन सक्ने उनले चेतावनी दिए ।  यदि कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने गरी अडान कायम राखेमा नयाँ खालको राजनीतिक घटनाक्रम विकास हुने सम्भावना पनि छ।

राष्ट्रपतिलाई रोकेर नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत हुन नपाए र बजेट ल्याउन अवरोध भए सरकारले अर्को बाटो प्रयोग गर्न सक्ने सत्तापक्षका नेताहरू बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending