Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रसको तयारी

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेका कारण श्ुक्रबार प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेन ।

बजेट अधिवशेनअन्तर्गतको पहिलो बैठक संसद भवन नयाँ बानेश्वरमा २ बजे डाकिएको भए पनि झण्डै ४ बजे बल्ल सुरु भएको भए पनि कांग्रेसको अवरोधका कारण सुचारु हुन सकेन । 

बैठक सुरु भएर सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार अगाडि बढाउन खोजेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद गगनकुमार थापालाई ३ मिनेट बोल्न समय दिए।

प्रतिपक्षी दलका तर्फबाट थापा बोलेपछि संसदका कामकारबाही अगाडि बढ्नुपर्ने हो तर त्यसो भएन। कांग्रेस सांसदहरु झन् चर्को स्वरमा नाराबाजी सुरु गरे । उनीहरुको होहल्लाका बीच सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सूचना पढेर सुनाउँदै थिए, कांग्रेस सांसद वेल घेर्न पुगे । सभामुखले पूरै सूचना पढेर सुनाउनै पाएनन् ।  बजेट अधिवेशनको पहिलो दिन बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो  

पोखराको सूर्यदर्शन सहकारीमा गृहमन्त्री रवि लामिछानेले ऋण लिएको प्रमाणसहितको प्रतिवेदन पोखरा महानगरपालिकाले प्रतिवेदन बुझाएको छ। महानगरको छानबिन टोलीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रतिनिधि पनि सामेल थिए ।

सो प्रतिवेदनका केही अंश कांग्रेसले शुक्रबार दलको बैठकमा वितरण गर्‍यो। सांसदहरूले ती विवरण अध्ययन गरे। अनि, उसले रणनीति बदल्यो र रविलाई संसद्‌मा बोल्न दिने तर उनीसमेत संलग्न देशभरका सहकारी समस्या छनबिन गर्न संसदीय छानबिन समिति बनाउने अडान कायम राख्यो ।  तर, बैठक सुरु हुनेबित्तिकै सभामुखको भूमिकाबाट आक्रामक हुनुपरेको कांग्रेस सचेतक सुशीला थिङले बताइन्। 

कांग्रेसको  दुई कुरामा तयारी थियो, सुरुमा गगन थापा बोलेर गृहमन्त्री लामिछानेलाई बोल्न दिने । अनि राम्रो नराम्रो के हुन्छ ? या गृहमन्त्रीले राम्रै गर्नुभयो भनेर छानबिन समिति बनाउने वा नबने बैठक स्थगित गर्ने। तर सत्तापक्षले जबर्जस्ती गरेपछि त्यस्तो हुन नसकेको उनले बताइन् । सरकारकै कारण गृहमन्त्री बोल्न नपाएको उनले बताइन् ।

पहिलोपटक कांग्रेसको नाराबाजीले अवरोध भएपछि सभामुख घिमिरेले १५ मिनेट बैठक स्थगनको सूचना सुनाए । सभामुखले नै सबै दलका प्रमुख सचेतकसँग छलफल गरेर संसदका कार्यसूची प्रस्तुत गर्ने प्रस्ताव राखे । तर कांग्रेस तयार भएन । दोस्रो बैठकको सुरुमै सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपनि कांग्रेसका सांसद वेल घेर्न पुगेपछि सभामुख घिमिरेले जेठ १ गते ६ बजे सम्मलाई बैठक स्थगित भएको सूचना पढेर सुनाए । जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको छ ।

के तयारी  गर्दै छ कांग्रेस ?

कांग्रेसको शनिबार  बिहान ९ बजे सभापति देउवाले आफ्नो बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीसहित दलको बैठक बोलाएका छन्।

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने रणनीति बुनिरहेको सभामुखनिकट स्रोतले बतायो ।  राष्ट्रपतिले पठाएको पत्रमै नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने र दुवै सदनको संयुक्त बैठक सुरु गर्न भनेर लेखिएको छ स्रोतले बतायो । त्यो बैठक राष्ट्रपतिले बोलाएको हुँदा अरु कारण देखाएर रोक्न नमिल्ने स्रोतको भनाइ छ ।

यदि त्यो दिन बैठक नराख्ने हो भने सरकारले अर्को निर्णय गरेर राष्ट्रपतिको कार्यक्रम हेरफेर गर्नुपर्ने हुन्छ। तर सभामुखले दलहरूसँग छलफल गरेर कम्तीमा राष्ट्रपति आउने दिनका लागि भए पनि विपक्षीलाई लचक नीति अपनाउनका लागि प्रयास गर्ने उनीनिकट स्रोतको भनाइ छ । सहमतिका लागि अधिकतम प्रयास गर्ने तर अरू कारण देखाएर बैठक सार्ने र रोक्ने सम्भावना नरहेको संसद सचिवालयका एक अधिकारीले बताए ।

बैठक स्थगित गरिएपछि शुक्रबार नै भएको छलफलमा पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेको नामै किटेर छानबिन समिति बन्नुपर्ने अडान राखेका थिए । तर, एमाले, माओवादी र रास्वपा त्यसका लागि तयार छैनन् । यदि कुनै सहमति बनेन भने कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुनै नदिने रणनीति अपनाउने सम्भावना बनेको  छ।

हाम्रो माग पूरा नभए नीति तथा कार्क्रम प्रस्तुत हुन नदिने कांग्रेसको तयारी रहेको एक नेताले बताए ।  बजेट पेस हुने बाटो पनि अवरुद्ध हुन सक्ने उनले चेतावनी दिए ।  यदि कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने गरी अडान कायम राखेमा नयाँ खालको राजनीतिक घटनाक्रम विकास हुने सम्भावना पनि छ।

राष्ट्रपतिलाई रोकेर नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत हुन नपाए र बजेट ल्याउन अवरोध भए सरकारले अर्को बाटो प्रयोग गर्न सक्ने सत्तापक्षका नेताहरू बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending