Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

विदेशको कमाइले स्वदेशमा उद्यमी

खबरडबली संवाददाता

मोरङ  । लामो समय वैदेशिक रोजगारीको कमाइले मोरङका युवा स्वदेशमा उद्यमी बनेका छन् । करिब सात वर्षअघि मोरङको बेलबारी–९ डाँगीहाटमा  एक करोड लगानीबाट सुरु भएको कृषि फार्मले हाल वार्षिक सबै खर्च कटाएर ५० लाख आम्दानी गरिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, जितेन्द्र दाहाल र स्वदेशमै रोजगारी गरिरहेका नगेन्द्र अधिकारी, विष्णु बस्नेत र गोविन्द अधिकारीले २०७४ सालमा लेयर्स जातको कुखुरा पालनबाट सुरु भएको फार्ममा हाल उन्नत जातका बाख्रा र मेवा खेती पनि रहेका छन् । 

करिब डेढ दशकसम्म विदेशमा बिताएर फर्किएपछि उहाँहरुले मिलेर अण्डा दिने कुखुरापालन गर्न थालेका हुन् । डेढ बिघा जमिन क्षेत्रफलमा रहेको उक्त फार्ममा रहेका १७ हजार लेयर्स कुखुरा फार्मबाट दैनिक १३ हजार अण्डा उत्पादन भइरहेको सञ्चालक होमनाथ बताउँछन् । “अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ”, बास्कोटाले भने, “प्रतिगोटा रु १२ का दरले बेचिरहेको अण्डाबाट दैनिक रु एक लाख ५६ हजारको बिक्री हुने गरेको छ ।” 

उनका अनुसार उत्पादित अण्डा ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत हुँदै आएको छ । स्थानीय धरान, विराटनगर, इटहरी, दमकलगायत पूर्वका सहरमा अण्डा जाने गरेको उनले बताए । आफूले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएको बताउँदै उनले भने, “कुखुरा बाख्रालगायतमा कुनै रोग लागे पशु डाक्टरको ठूलो अभाव रहेको छ ।”

मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रापालनमा राम्रो आम्दानी रहेको दाबी गर्नुभयो । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवाखेती पनि रहेको छ । चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथले बताए  । होलसेल मूल्यमै हाल रु ९० प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उनले बताए ।

खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरुपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथको भनाइ छ  । स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उनले बताएन्छ । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उनको भनाइ छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्योः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...

दुर्घटनामा परी सब इन्जिनियरको मृत्यु

विराटनगर  । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies