Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

विदेशको कमाइले स्वदेशमा उद्यमी

खबरडबली संवाददाता

मोरङ  । लामो समय वैदेशिक रोजगारीको कमाइले मोरङका युवा स्वदेशमा उद्यमी बनेका छन् । करिब सात वर्षअघि मोरङको बेलबारी–९ डाँगीहाटमा  एक करोड लगानीबाट सुरु भएको कृषि फार्मले हाल वार्षिक सबै खर्च कटाएर ५० लाख आम्दानी गरिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, जितेन्द्र दाहाल र स्वदेशमै रोजगारी गरिरहेका नगेन्द्र अधिकारी, विष्णु बस्नेत र गोविन्द अधिकारीले २०७४ सालमा लेयर्स जातको कुखुरा पालनबाट सुरु भएको फार्ममा हाल उन्नत जातका बाख्रा र मेवा खेती पनि रहेका छन् । 

करिब डेढ दशकसम्म विदेशमा बिताएर फर्किएपछि उहाँहरुले मिलेर अण्डा दिने कुखुरापालन गर्न थालेका हुन् । डेढ बिघा जमिन क्षेत्रफलमा रहेको उक्त फार्ममा रहेका १७ हजार लेयर्स कुखुरा फार्मबाट दैनिक १३ हजार अण्डा उत्पादन भइरहेको सञ्चालक होमनाथ बताउँछन् । “अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ”, बास्कोटाले भने, “प्रतिगोटा रु १२ का दरले बेचिरहेको अण्डाबाट दैनिक रु एक लाख ५६ हजारको बिक्री हुने गरेको छ ।” 

उनका अनुसार उत्पादित अण्डा ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत हुँदै आएको छ । स्थानीय धरान, विराटनगर, इटहरी, दमकलगायत पूर्वका सहरमा अण्डा जाने गरेको उनले बताए । आफूले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएको बताउँदै उनले भने, “कुखुरा बाख्रालगायतमा कुनै रोग लागे पशु डाक्टरको ठूलो अभाव रहेको छ ।”

मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रापालनमा राम्रो आम्दानी रहेको दाबी गर्नुभयो । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवाखेती पनि रहेको छ । चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथले बताए  । होलसेल मूल्यमै हाल रु ९० प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उनले बताए ।

खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरुपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथको भनाइ छ  । स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उनले बताएन्छ । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उनको भनाइ छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: