सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् ।
ती सवारी धनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडक खण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारी साधन कारबाहीमा परेका उनले बताए ।
“फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेका पाइएको छ । उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ”, सूचना अधिकारी बिसीले भने- “दुर्घटनाको कारण ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी १६० जना घाइते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् ।
दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको उनले बताए । सूचना अधिकारी बिसीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको छ ।
त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका जानकारी दिए । फागुनमा ७८ हजार ८३९ सवारीसाधनको जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १२:५५
चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् । नेपाली कांग्र...
श्रावण ६ गते, २०८३ - १२:४१
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...
श्रावण ६ गते, २०८३ - १२:००
काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...
श्रावण ६ गते, २०८३ - ११:४२
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
श्रावण ६ गते, २०८३ - ११:२५
काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...
श्रावण ६ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...
श्रावण ६ गते, २०८३ - ११:१०
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसम...
श्रावण ६ गते, २०८३ - १०:५१
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ...
श्रावण ६ गते, २०८३ - १०:४०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका हस्तकला उद्योगको विकास, विस्तार र प्रवर्द्धनका विषयमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भ...
श्रावण ६ गते, २०८३ - १०:०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बै...



प्रतिकृया लेख्नुहोस्: