Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

चितवनका विषादी व्यवस्थापनमा केन्द्रमा ताला

खबरडबली संवाददाता

चितवन । जिल्लाको सदरमुकाममा रहेका दुईवटा एग्रोभेटमा ताला लगाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले आज यहाँ गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो । 

सो क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सक्किएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ । 

यस्तै हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो । 

यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सक्किएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको उनले बताए । उनले भने, “मुख्य सहरी क्षेत्रमानै लापर्वाही हुन्छ भने अन्य स्थानमा के होला”,  आज छ  एग्रोभेटमा अनुगमन गरिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विषादीको बिक्री वितरणमा देखिएको कमजोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिँदै आएको भए पछि गम्भीर खालाका त्रुटि भेटिनु गलत भएको बताए । 

विषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन बढाउन सकिने भएकाले यसलाई निगरानी बढाउन आवश्यक रहेको उनले बताए । कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानब स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...

सङ्खुवासभामा आगलागीमा परेर एक वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...

एमाले विधान विवाद: विधि कि व्यक्ति ?

बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending