धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाको अवलोकनपछि उनले युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालको सीप मेलाको आयोजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।
'युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो। यस्तो खालको सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयोजना गर्न हामी तयार छौँ,' मेयर हमालले भने, 'तपाईंहरू आउनुहोस्। हामी सहकार्य गर्न तयार छौँ।'
उनले बजारको मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। 'हिजो तालिमका नाममा तालिमको ठेक्का पाउनेहरू मात्रै रोजगार भए,' हमालले भने, 'अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै रोजगार हुनेगरी काम हुनुपर्छ।'
काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहकार्यमा टुँडिखेलमा आयोजना भइरहेको सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।
उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाको आवेदन परेको बताउँदै आगामी दिनमा सबैलाई तालिमको अवसर दिएर रोजगारीसँग जोड्ने लक्ष्य लिइएको बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १३:२७
काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...
चैत्र १२ गते, २०८२ - १३:१६
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...
चैत्र १२ गते, २०८२ - १३:०२
चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...
चैत्र १२ गते, २०८२ - १२:४१
पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...
चैत्र १२ गते, २०८२ - १२:३५
काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...
चैत्र १२ गते, २०८२ - १२:२९
काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। बारले आय...
चैत्र १२ गते, २०८२ - १२:११
महोत्तरी। लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोल...
चैत्र १२ गते, २०८२ - १२:००
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोग निष्पक्ष नभएको आरोप लगाएका छन्। आयोगको प्रतिवेद...
चैत्र १२ गते, २०८२ - ११:२८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ । न...
चैत्र १२ गते, २०८२ - ११:१८
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एउटै व्यक्तिमाथि पुरस्कार र कारबाही दुवै सिफारि...


प्रतिकृया लेख्नुहोस्: