Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सरकारले महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुनेबेला आयो- नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद‌्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठब‌न्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।

बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।

‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।

कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक/पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।

'हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो। कसैले जातियतामा पहिचान खोज्छन्, कसैले लुगामा पहिचान खोज्छन्, कसैले संस्कृतिमा पहिचान खोज्छन्, कसैले भूगोलमा पहिचान खोज्छन्। अहिलेका मानिस नै पहिचानले बाँचेका जस्ता देखिन्छन्', उनले भने। मानिसले आफूसँग मेलखाने कुरालाई खोज्ने भएकाले पहिचानको राजनीति नकार्न नसक्ने महरले बताए।

देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समुदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रेस भएको उनको भनाइ छ।

यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समुदायको ठूलो भूमिका रहेको स्मरण गरे। नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending