Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हुलाकी सडक निर्माणमा ढिलाइ, धुलोले स्थानीय पीडित

खबरडबली संवाददाता

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको हुुलाकी सडकको काम बज्र गुरु र महालक्ष्मी जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो । 

विसं २०७९ मा सम्पन्न गर्ने गरी विसं २०७३ मङ्सिर १ मा सम्झौता भएको थियो । हुुलाकी राजमार्ग निर्देशनालयको कार्यालय कपिलवस्तुका इन्जिनियर आचार्यका अनुसार गतवर्ष कोभिडका कारण र निर्माण सामग्री नपाउँदा काम हुन सकेन । समयमा काम गर्न नसकेपछि दुई पटक म्याद थप भइसकेको छ । तेस्रो पटक म्याद थपका लागि निर्माण व्यवसायी लक्षमन रानाले निवेदन दिए । ठेक्का लागेको सात वर्ष बित्दा समेत कामले गति लिन नसकेको हो । सडकको काम पूरा नहुँदा यात्रु मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको इन्जिनियर आचार्यले बताए । 

रु ५६ करोडमा १५ किलोमिटर सडक कालोपत्र गर्ने गरी निर्माण व्यवसायीले ठेक्का लिएको थियो । निर्माण कम्पनीले म्यादभित्र काम पूरा नगरेपछि कानुुन बमोजिम कारबाही गर्ने तयारी गरिएको इन्जिनियर आचार्यले बताए । उनले भने, “निर्माण व्यवसायीका प्रतिनिधि लक्षमन राना फोन सम्पर्कमै आउनुभएको छैन, हामीले ताकेता गरिरहेका छौँ ।”

सडक समयमा नबन्दा सडकको धुलोले सडक आसपासमा व्यापार गर्नै गाह्रो भएको प्रतापपुर‐२ गोपीगञ्जका केशव चापागाइँले बताए । उनका अनुसा घरवरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको घर बेलुका हेर्नैै नसकिने गरी धुलोले ढाक्ने गरेको छ । लामो समयदेखि हुलाकी सडक भत्काएर निर्माण व्यवसायीले छाडेका कारण धुलोले स्थानीयको स्वास्थ्यमा असर परेको  बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्र प्रकाश उपाध्यायले बताए । 

सडकको धुुलोबाट स्वास प्रश्वास, एलर्जी ,टिबी, क्यान्सर, आँखा, चिलाउने, खोकी लाग्ने जस्ता रोग लाग्न सक्ने खतरा भएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा किरण पाण्डेले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending