काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको हो।
एमाले अनिर्णित हुँदा शुक्रबार र शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ।
यसैबीच सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ओलीले सुदूरपश्चिम विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका सुदूरपश्चिमका एमाले नेताहरुले बताएका छन्।
गएराति ओलीले रावलसहितका नेताहरुसँग छलफल गर्दै उपनिर्वाचनबाट विजयी भएका एमाले सांसदले शपथ समेत नलिएको भन्दै अहिले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ।
ओली सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाएकोमा असन्तुष्ट रहेको बुझिएको छ। उनले यसअघि केबलक ४ सिट रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सोडारी मुख्यमन्त्री बनेका थिए।
एकीकृत समाजवादीले सुदूरपश्चिममा आफुलाई मुख्यमन्त्री नदिएमा केन्द्रमा गठबन्धन नै तोड्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले पहल गरेर सोडारीलाई मुख्यमन्त्री बनाएका थिए।
अब सोडारीले विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय रहेको छ। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्र को सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - ०८:३२
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...
श्रावण ३१ गते, २०८३ - ०८:३०
रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...
श्रावण ३१ गते, २०८३ - ०८:२६
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...



प्रतिकृया लेख्नुहोस्: