Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् । 

आज यहाँ आयोजित  संवाद कार्यक्रममा उनले भने, “संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् तर अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।”

उनले तेस्रो लगानी सम्मेलन सफल भएको पनि बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजी भए पनि बाह्य पुँजी भित्र्याएर अगाडि बढ्नुपर्ने बताए । 

“देश विकासका लागि आन्तरिक पुँजी मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजी भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यहीअनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो”, उनले भने । 

चीनको १० दिने भ्रमण सकेर हालै स्वदेश फिर्ता भएका महासचिव गुरुङले आज अनामनगरस्थित संवाद डबलीमा आयोजित अन्तरसंवादमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा नेपालको शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि चीन सधैँ तत्पर रहेको पाइएको बताए । 

आफ्नो नेतृत्वमा ३० जनाले १० दिनसम्म चिनियाँ कम्युनिष्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै उनिहरुले चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको पनि उल्लेख गरे । 

भ्रमणले चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउनसमेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख म...

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनको विषयमा निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालीन...

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो, डिजेल तथा मट्टितेलकाे मूल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ ...

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

नेपालगञ्ज । मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुड...

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरे...

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय द...

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।  घटनास्थलमा उ...

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन ...

करीव ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो च...

फैसलापछि सन्दीपको प्रतिक्रिया: म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन् । उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies