Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

खबरडबली संवाददाता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही  वैशाख१४ गते शुल्क विवरण माग गरिएकोमा  अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् । 

उपमहानगरपालिकाभित्र ६८  सामुदायिक विद्यालय हुन् । अझै २६  विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताए । उनका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड वृद्धि रोक्ने तथा ‘आइएमएस इन्ट्री’ रोकिदिने समेत उनले बताए । 

पछिल्लो समय निजी विद्यालयले बढी शुल्क लिएको भन्दै अभिभावकले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाइ छ । “धेरै अभिभावकले शुल्क बढी भएको विषयमा गुनासो गर्नुभयो”, उनले भने, “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौँ, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडि बढ्नेछौँ ।” सकेसम्म सबै निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा ...

सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नज...

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो । सुदूरपश्चिम प्...

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

काठमाडौं । सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ । रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्र...

शुक्रबार बिहान कांग्रेस संसदीय दलकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय द...

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयु...

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउ...

उत्तरी गाजामा पाँच सैनिक मारिएको इजराइली सेनाको स्पष्टोक्ति

एजेन्सी । इजराइली सेनाले बिहीबार उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएको बताएको छ । उक्त स्थानमा हमास लडाकुहरू विरुद्ध सात महिनाभन्दा बढी समयदेखि न...

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौं । नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने ...

अब संसदीय छानबिन समिति बन्दैन: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदैँ रास्वपाका सांसद म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies