Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

खबरडबली संवाददाता

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरुको लागि छुट्टाछुट्टै परामर्श गरेका हुन । कार्यक्रममा बिद्यालयका शिक्षकहरु पनि सहभागी थिए । 

दुई वटा माध्यामिक र एउटा आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थी र उनिहरुका अभिभावकहरुलाइ उत्प्रेरक परामर्श गरिएको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनले छोराछोरीलाई सही बाटो हिडाउन अभिभाकवको भूमिका प्रभावकारी बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले उनले बालबालिकालाई अभिभावकले पढाइमा प्रोत्साहन गर्न ऊर्जा दिनुपर्ने र सधैँ सकारात्मक सोचको विकास गर्नुपर्ने बताइन् । 

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै वडा सदस्य टंक बहादुर वली, महेन्द्र माविका विव्यस अध्यक्ष शिव प्रसाद खत्री, त्रिभुवन जनता माविका प्रअ घनश्याम वली, महेन्द्र माविका शिक्षक मान बहादुर केसी, कालिका आविका प्रअ बालाराम वली लगाएतकाले बोल्दै विद्यार्थीको क्षमता उजागर गर्न अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

उत्प्रेरक कक्षामा सहभागि भएपश्चात त्रिभुवन जनता माध्यमिक बिद्यालय लेखचौरपानीमा कक्षा ८ मा अध्ययनरत छात्रा चन्द्रकला वलीले आफुले पहिलो पटक यस्तो कक्षा लिएको भन्दै गलत संगत गर्न नहुने, सकारात्मक सोँच राख्नुपर्ने लगाएतका धेरै विषयमा जानकारी पाएको बताइन् ।

विद्यार्थीको पढाई संगै वडाको शैक्षिक अवस्था सुधारका लागि टेवा पुग्ने उद्देश्य सहित अनुभवि उत्प्रेरक वक्ता मार्फत परामर्श कक्षा सञ्चालन गरिएको वडा सचिव दुर्गा बहादुर केसीले जानकारी दिए । कार्यपालिका सदस्य तिला घर्ति, वडा सदस्य डुम ब खत्री लगाएत विभिन्न विद्यालयका शिक्षकहरु पनि कार्यक्रममा सहभागि थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending