Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न सरकारसँग माग गरको हो । 

आयोगले यससम्बन्धी आमसञ्चार माध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण गर्न समेत आग्रह गरेको छ । पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा आगलागी र डढेलोका घटनाबाट नागरिकको जीउधनको क्षति भइरहेको छ । आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ । 

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा २०८१ साल वैशाख १२ गते भएको आगलागीबाट ९१ कच्ची र नौवटा अर्धपक्की गरी एक सयवटा घर जलेका थिए । उक्त घटनाबाट चार सय ५५ जना प्रभावित भएका छन् ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा एकजनाको मृत्यु हुनुको साथै चारजना घाइते भएका  छन् । 

घटनापश्चात् तत्कालै राहत व्यवस्थापन हुन नसक्दा पीडित थप समस्यामा परेको देखिएको छ । विगत एक वर्षमा आगलागी तथा डढेलोबाट एक सय १४ जनाको मृत्यु भएको, पछिल्लो एक महिनामा १४ जनाको आगलागी र आठजनाको डढेलोमा परी मृत्यु भएको आयोगको जानकारीमा रहेको उल्लेख छ । 

सुरक्षाकर्मी तथा स्थानीयवासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा मानवीय क्षति भएको पाइएको आयोगको भनाइ छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम अत्यन्त न्यून रुपमा भएको र भएका पनि सहर केन्द्रित भएको देखिएको छ । 

“वायु प्रदूषण हुनमा आगलागी र डढेलोको प्रत्यक्ष भूमिका हुन्छ, पछिल्ला वर्षमा नेपाल विश्वमा सबैभन्दा धेरै वायु प्रदूषण हुने देशहरुको सूचीमा पर्दै आइरहेको छ, यसका विभिन्न कारणमध्ये आगलागी र डढेलो प्रमुख मानिएको छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको कूल क्षेत्रफलको ४४.७४ प्रतिशत वन क्षेत्र हुनु सकारात्मक पक्ष भएता पनि वनमा हुने आगलागी तथा डढेलो नियन्त्रण तथा न्यूनीकरण गर्न सरकारी वन, साझेदारी वन, सामुदायिक वन, कबुलियती वन, निजी वन लगायतको व्यवस्थापन कार्ययोजना प्रभावकारी कार्यान्वयन आवश्यक हुन्छ, वनजङ्गल संरक्षण तथा व्यवस्थापनका लागि परम्परागत ज्ञान, सीप र अभ्यासको खोजी तथा प्रवद्र्धन गर्न जरुरी छ ।”

विपद्का कारण नागरिकको जीउधनको सुरक्षा हुन नसक्दा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ को धारा, ३ मा उल्लिखित प्रत्येक व्यक्तिको जीवनको सुरक्षाको अधिकार, नेपालको संविधानको धारा, १६ मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा, २५ मा उल्लिखित नागरिकले आफ्नो सम्पत्तिको उपभोग गर्न पाउने मौलिकहकको संरक्षण हुन नसकेको आयोगले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...

एमाले विधान विवाद: विधि कि व्यक्ति ?

बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending