Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

चलचित्रमा साहित्य कमजोर छ: कवि तथा निर्देशक सुब्बा

खबरडबली संवाददाता

काठमाडौं । कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गरे । 

निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उनि लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गर्दछन् । लेखक भएका कारण उनले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाले । फलत : लिम्बू समुदायको कथा भन्ने निर्णयपछि उनले आफैँ म निर्देशन गर्छु भने । 

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ । पहिलो चलचित्रको कमजोरीलाई दोस्रोमा सुधार्ने प्रयास गरेको छु”, निर्देशक सुब्बाले भने । 

उनि निर्देशित ‘जारी’ले रु १७ करोडको व्यापार घरेलु बजारमा गरेको छ । त्यसपछि उनि स्थापित निर्देशक बने । दोस्रो चलचित्रका रुपमा उनले ‘मनसरा’ तयार गरेका छन् । यसपटक उनले आत्मनिर्भर महिलाको सङ्घर्ष र जीवनीलाई प्रस्तुत गर्नेछन् । “मनसरा एक प्रकारको धान हो । यसलाई अन्य जातका बीउसँग मिसाएर रोप्नुपर्छ । यद्यपि फल्दा स्वतन्त्र भएर छुट्टै फल्छ । यसलाई नै आधार बनाएर चलचित्रको कथा तयार गरेँ”, निर्देशक सुब्बाले भने । 

कोरोना महामारीका कारण भएको बन्दाबन्दीमा उनि आफू बस्ने आसपास घुमघाम गरे । नखिपोट भन्दा माथि पुगेपछि त्यहाँ देखिएको मिश्रित बस्तीले उनलाई कथाको आइडिया दियो । ‘जारी’ अगाडि नै चलचित्रको सुरुआत गर्ने तयारी गरे तापनि विविध कारणले एक वर्ष ढिला भएको उनले जानकारी दिए । 

“साहित्यको आँखाले चलचित्र कमजोर नै छ । समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग हुन्छ । यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ”, निर्देशक सुब्बाले भने । 

चलचित्रमा मिरुना मगर, दयाहाङ राई, प्रवीन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र वैशाखको तेस्रो साता प्रदर्शन हुँदैछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending