Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

लगानी सम्मेलन: जलविद्युत् परियोजना प्राथमिकतामा

खबरडबली संवाददाता

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा थप उत्साहित बनेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताएका थिए । उनले भने, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको  उल्लेख गर्दै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मा निर्माण चरणमा रहेका जानकारी दिएका थिए । 

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउने उनको भनाइ छ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिएका थिए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरुमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताए । “उद्घाटन समारोहमा नै प्रधानमन्त्रीज्यूले नै जलविद्युत्मा लगानीको सम्भावनाबारे स्पष्ट पारिसक्नुभएको छ, यसले पनि लगानी सम्मेलनमा जलविद्युत्को आयोजनाहरुलाई प्रथामिकता दिइएको स्पष्ट हुन्छ,” उनले भने, “जलविद्युत् आयोजनाहरुलाई आवश्यक लगानी जुटाउन सम्मेलनले सहयोग पुग्ने छ तर सरकारले लगानीमैत्री वातावरणको विश्वास दिलाउन सक्नुपर्छ ।”

अध्यक्ष कार्कीका अनुसार सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । उक्त लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उनको भनाइ छ । 

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताए । यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उनको भनाइ छ । “यो तेस्रो लगानी सम्मेलन त सुरुआत मात्रै हो । जलविद्युत्मा आवश्यक पर्ने लगानीका लागि थुप्रै काम गर्न बाँकी नै छ,” उनले भने, “सम्मेलनमा नेपाली व्यवसायहरुसँग मिलेर विदेशी व्यवसायीहरुले सहकार्य गर्ने मौका पनि जुर्ने विश्वास छ, यसले नेपालको जलविद्युत् क्षेत्रमा निकै सहयोग पुग्ने छ ।”

जलविद्युत्मा सबै किसिमका उद्योगीहरु लगानी गर्न उत्साहित देखिएका भन्दै उनले यसमा चाँडोभन्दा चाँडो धेरै परियोजना बनाउनुपर्नेमा जोड दिए । “जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता लगानी गर्न उत्सुक देखिनुभएको छ । अब जलविद्युत्मा लगानी गर्नका लागि अझै थप उत्साहित हुने वातावरण तय गर्न आवश्यक छ,” उनले भने । 

निजी क्षेत्रले अध्ययन गरे सबै आयोजना निर्माणमा जान योग्य बनाइसकेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल बढाउने किसिमको नीतिगत व्यवस्था गर्न आग्रह गरे । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ । 

बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९  परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लामा गुडिरहेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

हुम्ला । गुडिरहेको ट्याक्टर खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्याक्टरबाट खस्दा स...

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’

काठमाडौं । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृ...

भारतमा छात्रामाथि बलात्कार गर्ने मोलबी पक्राउ

पटना । भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।  युवतीको साथ ...

वल्डलिङ्कको रिट खारेज: राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सु...

फेवातालको जलकुम्भी हटाउने अभियान

कास्की । फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ ।   वातावरण संरक्षणका लागि महाअभि...

करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पारेका छन् ।  आज यहाँ आयोजित पूर्वबजेट छ...

ठगीकाे आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनाला...

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चौतारातर...

मधेशमा नयाँ समीकरण बनाउन चार दलकाे सहमति, मुख्यमन्त्रीमा सहमति हुन बाँकी

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समिकरण बनेकाे छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठ...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छ: मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies