Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

आम जनता र समाजवादी जनएकता पार्टीबीच एकता

खबरडबली संवाददाता

काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई पार्टीबीच एकताका आधार निम्न बमोजिम रहेका छन् :

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारेको बुझाई, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषय सँगसँगै नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रहरुमा आधारभूत रूपमा हेर्दा हाम्रा बुझाई एवम् दृष्टिकोणहरुमा एकरूपता विद्यमान रहेको निचोडमा पुग्यौं ।

२. नेपालमा विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठुलो दलको सिन्डिकेट र ठुलो दलभित्र पनि निश्चित गुट नेता र आसेपासेहरुको शासनले लोकतन्त्र सिर्फ देखाउने दाँत भएको र आम जनता लाचार भई शोसित हुनुपरेको यो बिडम्बनापूर्ण परिस्थितिलाई चिर्दै आम जनताको वास्तविक शासन सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपरिहार्य आवश्यकता रहेकोले यसका निम्त सम्पूर्ण देशभक्त, प्रगतिशील अग्रगामी शक्तिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुग्यौं ।

३. पछिल्लो समय विश्वभर सूचना प्रविधिमा आएको अद्भुत क्रान्ति तथा सम्राज्यवादीहरुको गुरु योजना अनुरूप नेपालमा विकसित भगौडा दलाल पूँजीपति वर्गको वर्चस्वले देश उजाड़ एवं बर्बाद भैरहेको सन्दर्भमा राज्यको लुटकारी चरित्रबाट मुक्ति दिलाउन यसको शशक्त प्रतिवाद गर्न सहमत भयौं ।

४. पार्टी एकता पश्चात मा.प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने र यसमा तत्तकालीन समाजवादी जनएकता पार्टी नेपालतर्फका नारायण श्रेष्ठ लगायतका नेतृत्वहरुको कार्य विभाजन एवं भूमिका सम्मानजनक रहने गरी जिम्मेवारी ठोस गर्न सहमत भयौं ।

५. अग्रगामी सोच(विचारका लोकप्रिय व्यक्ति, समुह, संगठन र शक्तिहरु बिच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप बृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाईमा पुर्याउन संकल्पित भयौं । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।  दफाबार छलफलपछि समित...

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि आज उडान भएको छ ।  यही वैश...

चालु आर्थिक वर्षकाे हालसम्म छ बाघ मृतवस्थामा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थ...

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउ...

अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना...

अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ । पहाडी जिल्लामा हावा हुरीसँगै वर्षा हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो । ...

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई ‘सम्मान र प्रेम’ का साथ स्वागत

एजेन्सी । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष...

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा । ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपा...

अछाममा करेन्ट लागेर गोरु मर्‍यो

अछाम । अछाममा करेन्ट लागेर एक गोरु मरेको छ । जिल्लाको तुर्माखाँद  गाउँपालिका–८ का गणेश बोगटीको गोरु मरेको हो । गोरुलाई जंङ्गल लैजानै क्रममा विद्युत...

प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ: प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies