Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाल–चीन १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै

खबरडबली संवाददाता

काठमाडौं । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही वैशाख १७ गते आयोजना हुने भएको छ । 

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई/दुई वर्षमा सो मेला हुँदै आएको छ । 

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुनेगरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । 

नेपाल चीन (तिब्बत)बीच दुई पक्षीय आर्थिक तथा  ब्यापार  आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको केन्द्रले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

मेलामा चीन (तिब्बत)बाट स्वशासित क्षेत्र तिब्बतका सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङ फुकुअनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२५  व्यापारी प्रतिनिधिको सहभागिता रहनेछ ।

मेलामा चीन (तिब्बत)को तर्फबाट ५० प्रदर्शनी कक्ष रहने केन्द्रले जनाएको छन् । तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, विद्युतीय सवारी साधन र सौन्दर्य प्रशोधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले समेत भाग लिने छन् ।   

यसैगरी नेपालको तर्फबाट १५  प्रदर्शनी कक्ष रहने छन् । नेपाली कक्षमा जडीबुटी, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायत विभिन्न कम्पनीका उत्पादनहरु प्रदर्शित गरिने छन् । 

मेलाको अवसरमा दुई पक्षबीच विभिन्न व्यवसायिक बैठकसमेत आयोजना हुनेछन् । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला  रहने छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: