Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

खबरडबली संवाददाता

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन।

ठूला–ठूला काठ, मुडा डढेर अंगार बनेका छन् । झाडी सबै जलेर सकिएको छ। आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो। कति चराचुरुंगी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन। आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन्। गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन्।

ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ। स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन्। पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन।

आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन्। पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो सङ्ख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन्।

पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका–८ का गुमानसिंह घर्तीमगरले बताए। एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उनको भनाइ छ।

खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतंक मच्याउन थालेको घर्ती बताउँछन्। बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उनले बताए। निसीखोलापट्टिबाट लागेको आगोले ठूलो रुप लिएको घर्तीको भनाइ छ।

“पहिले घाँसदाउरा ल्याउन जङ्गलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन्”, घर्तीले भने, “घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् रु, वनमा आगो लागेको छ।”

स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाइन्। बाँदर, घोरल र स्यालले भित्र्याउने बेलाको गहुँबाली नष्ट गरिदिएको उनको भनाइ छ। आफ्नो घर जङ्गल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरिदिएको विकले गुनासो गरिन् पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा आगलागी भएको भन्दै माथिल्लो क्षेत्रका जीवजन्तु सबै तल्लो भेगमा झरेको उनको भनाइ छ।

दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताइन्। फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको उहाँले राससलाई जानकारी दिइन्।

दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उनको भनाइ छ। आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको केसी बताउँछिन्। अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ।

केसीले भनिन्, “बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending