सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा औलोका बिरामी घट्दै गएको भएपनि कर्णालीको हिमाली जिल्लामा औलो रोग जोखिम बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको फागुन महिनासम्म देशभर ५२९ जना औलोको बिरामी भेटिएका छन् ।सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २२१, सुदुरपश्चिममा १५०, मधेसमा ६५, बागमतीमा ४८, कर्णालीमा २४, कोशीमा १२ र गण्डकीमा ९ जनामा औलो रोगको बिरामी देखिएको निर्देशनालयका औलो रोग फोकलपर्शन श्यामप्रसाद आचार्यले जानकारी दिए ।
‘औलो रोग अहिले नियन्त्रणमा नै आइसकेको छैन ।’ उनले भने, ‘तर, औलो रोग घट्ने क्रममा रहेको छ ।’
हिमाल उक्लिदै औलो रोग
पहिला पहिला तराई र चुरे क्षेत्रमा देखिने औलो रोग अहिले हिमाली जिल्लामा देखिन थालेको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा चालू आर्थिकको फागुन महिनासम्म देखिएका २४ औलो रोगका बिरामीमध्ये सुर्खेतमा २० जना, दैलेख दुई जना र कालिकोट हुम्लामा एक÷एक जनामा देखिएको औलो रोग फोकलपर्शन आचार्यले जानकारी दिए ।
‘अरू जिल्लामा देखिएका औलो रोगका बिरामीहरू आयातित हुन् ।’ उनले भने, ‘हुम्लामा देखिएको औलो रोगका बिरामी त्यही उत्पन भएको हो ।’
कर्णालीका हिमाली जिल्लामध्ये पाँच वर्षको तुलना गर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका आर्थिक वर्ष २०७६/०७७ एक जनामा, सोरू गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा २ जनामा, आर्थिक वर्ष २०७८/०७९ मा ७ जनामा, आर्थिक वर्ष २०७९/०८० मा एक जनामा, खत्याड गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १ जनामा र आर्थिक वर्ष २०७७/०७८ मा एक जनामा औलो रोग देखा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १ जनामा, अदानचुली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ३ जनामा, आर्थिक वर्ष २०७७/०७८ मा २ जना, आर्थिक वर्ष २०७८/०७९ मा १ जनामा, आर्थिक वर्ष २०७९/०८० मा २ जनामा र ताजाकोट गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, आर्थिक वर्ष २०७७/०७८ मा ५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ७ जना, आर्थिक वर्ष २०७९/०८० मा ५ जना र चालू आर्थिक वर्षमा जनामा औलो रोग देखिएको छ ।
कालिकोटका खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १/१ जना औलो रोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।
यी हिमाली जिल्लामा औलो रोगका बिरामी भेटिनु र हुम्लामा चालू आर्थिक वर्षमा भेटिएको बिरामी त्यही उत्पादन भएको भेटिनुले हिमाली जिल्लामा औलो रोगको उच्च जोखिममा रहेको .निर्देशनालयका प्रमुख डा. रबिन खड्काले जानकारी दिए ।
‘पछिल्लो समयमा कर्णालीका हिमाली जिल्लामा औलोको उच्च जोखिममा रहेको छ ।’ उनले भने,‘यसको नियन्त्रणका लागि सबै समुदाय सरोकारवाला लाग्न जरूरी छ ।’
उच्च जोखिममा १० वटा वडा
कर्णालीका औलो रोगका उच्च जोखिममा रहेका १० वडामा ७७ हजार ६८० जना बसोबास गर्छन् । मध्यम जोखिम भएका ३५ वडामा ४ लाख २८ हजार ४१४ जनसंख्या रहेको निर्देशनालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: