सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा औलोका बिरामी घट्दै गएको भएपनि कर्णालीको हिमाली जिल्लामा औलो रोग जोखिम बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको फागुन महिनासम्म देशभर ५२९ जना औलोको बिरामी भेटिएका छन् ।सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २२१, सुदुरपश्चिममा १५०, मधेसमा ६५, बागमतीमा ४८, कर्णालीमा २४, कोशीमा १२ र गण्डकीमा ९ जनामा औलो रोगको बिरामी देखिएको निर्देशनालयका औलो रोग फोकलपर्शन श्यामप्रसाद आचार्यले जानकारी दिए ।
‘औलो रोग अहिले नियन्त्रणमा नै आइसकेको छैन ।’ उनले भने, ‘तर, औलो रोग घट्ने क्रममा रहेको छ ।’
हिमाल उक्लिदै औलो रोग
पहिला पहिला तराई र चुरे क्षेत्रमा देखिने औलो रोग अहिले हिमाली जिल्लामा देखिन थालेको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा चालू आर्थिकको फागुन महिनासम्म देखिएका २४ औलो रोगका बिरामीमध्ये सुर्खेतमा २० जना, दैलेख दुई जना र कालिकोट हुम्लामा एक÷एक जनामा देखिएको औलो रोग फोकलपर्शन आचार्यले जानकारी दिए ।
‘अरू जिल्लामा देखिएका औलो रोगका बिरामीहरू आयातित हुन् ।’ उनले भने, ‘हुम्लामा देखिएको औलो रोगका बिरामी त्यही उत्पन भएको हो ।’
कर्णालीका हिमाली जिल्लामध्ये पाँच वर्षको तुलना गर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका आर्थिक वर्ष २०७६/०७७ एक जनामा, सोरू गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा २ जनामा, आर्थिक वर्ष २०७८/०७९ मा ७ जनामा, आर्थिक वर्ष २०७९/०८० मा एक जनामा, खत्याड गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १ जनामा र आर्थिक वर्ष २०७७/०७८ मा एक जनामा औलो रोग देखा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १ जनामा, अदानचुली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ३ जनामा, आर्थिक वर्ष २०७७/०७८ मा २ जना, आर्थिक वर्ष २०७८/०७९ मा १ जनामा, आर्थिक वर्ष २०७९/०८० मा २ जनामा र ताजाकोट गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, आर्थिक वर्ष २०७७/०७८ मा ५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ७ जना, आर्थिक वर्ष २०७९/०८० मा ५ जना र चालू आर्थिक वर्षमा जनामा औलो रोग देखिएको छ ।
कालिकोटका खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा १/१ जना औलो रोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।
यी हिमाली जिल्लामा औलो रोगका बिरामी भेटिनु र हुम्लामा चालू आर्थिक वर्षमा भेटिएको बिरामी त्यही उत्पादन भएको भेटिनुले हिमाली जिल्लामा औलो रोगको उच्च जोखिममा रहेको .निर्देशनालयका प्रमुख डा. रबिन खड्काले जानकारी दिए ।
‘पछिल्लो समयमा कर्णालीका हिमाली जिल्लामा औलोको उच्च जोखिममा रहेको छ ।’ उनले भने,‘यसको नियन्त्रणका लागि सबै समुदाय सरोकारवाला लाग्न जरूरी छ ।’
उच्च जोखिममा १० वटा वडा
कर्णालीका औलो रोगका उच्च जोखिममा रहेका १० वडामा ७७ हजार ६८० जना बसोबास गर्छन् । मध्यम जोखिम भएका ३५ वडामा ४ लाख २८ हजार ४१४ जनसंख्या रहेको निर्देशनालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: