काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइएको छ ।
वैशाख १२ गते औषधि सेवन गरेपछि सिंहलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । वीरबाट रिफर गरेर अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार जारी छ । गृहमन्त्री रवि लामिछानेको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि प्रहरीले आफूलाई जेल हाल्ने धम्की दिएको सिंहले दाबी गरेका थिए । फेसबुकमा सेयर गरिएको भिडिओमा उनले भनेका छन्, ‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’
तर, अस्पतालको रिपोर्टमा सिंहले प्यारासिटामोल खाएको देखिएको छ । उनले एकैपटक अत्यधिक प्यासासिटामोल खाएको पाइएको प्रहरीले जनाएको छ ।
घटना के हो ?
सिंहले इलामको एउटा होटलमा ‘यौनजन्य कार्य हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसबारे प्रहरीमा उजुरी परेको थियो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न भनेपछि उनलाई प्रहरीले बोलाएको थियो ।
प्रहरीले बोलाएपछि सिंहले साइबर ब्यूरोले ‘जेल हाल्छौँ’ भनेर बोलाएको दाबी गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई फोन गरेर भनेका थिए । ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि ती विद्यार्थी नेताले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।
पछि सिंह प्रहरीकोमा पुगेका थिए । स्वास्थ्य अवस्था ठिक नदेखिएपछि सिंहलाई सोधपुछ नगरी अस्पताल पठाएको ब्यूरोका सूचना अधिकारी दीपक राज अवस्थीले जानकारी दिए ।
तर, सिंहले अस्पतालको फोटो सेयर गर्दै आफूलाई प्रहरीले यातना दिएको भन्दै भ्रमपूर्ण भिडिओ सेयर गरेको प्रहरीले जनाएको छ । ब्यूरोले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रसारित भिडिओ सिंहको भ्रमपूर्ण भएको बताएको छ ।
‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको व्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत अनुरोध गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: