काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइएको छ ।
वैशाख १२ गते औषधि सेवन गरेपछि सिंहलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । वीरबाट रिफर गरेर अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार जारी छ । गृहमन्त्री रवि लामिछानेको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि प्रहरीले आफूलाई जेल हाल्ने धम्की दिएको सिंहले दाबी गरेका थिए । फेसबुकमा सेयर गरिएको भिडिओमा उनले भनेका छन्, ‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’
तर, अस्पतालको रिपोर्टमा सिंहले प्यारासिटामोल खाएको देखिएको छ । उनले एकैपटक अत्यधिक प्यासासिटामोल खाएको पाइएको प्रहरीले जनाएको छ ।
घटना के हो ?
सिंहले इलामको एउटा होटलमा ‘यौनजन्य कार्य हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसबारे प्रहरीमा उजुरी परेको थियो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न भनेपछि उनलाई प्रहरीले बोलाएको थियो ।
प्रहरीले बोलाएपछि सिंहले साइबर ब्यूरोले ‘जेल हाल्छौँ’ भनेर बोलाएको दाबी गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई फोन गरेर भनेका थिए । ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि ती विद्यार्थी नेताले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।
पछि सिंह प्रहरीकोमा पुगेका थिए । स्वास्थ्य अवस्था ठिक नदेखिएपछि सिंहलाई सोधपुछ नगरी अस्पताल पठाएको ब्यूरोका सूचना अधिकारी दीपक राज अवस्थीले जानकारी दिए ।
तर, सिंहले अस्पतालको फोटो सेयर गर्दै आफूलाई प्रहरीले यातना दिएको भन्दै भ्रमपूर्ण भिडिओ सेयर गरेको प्रहरीले जनाएको छ । ब्यूरोले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रसारित भिडिओ सिंहको भ्रमपूर्ण भएको बताएको छ ।
‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको व्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत अनुरोध गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: