Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अन्तर्राष्ट्रिय अनुभव प्राप्त टोली नेपाल पठाउँदै वेस्ट इन्डिज

खबरडबली संवाददाता

काठमाडौं। वेस्ट इन्डिजले नेपालमा हुने टी(२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा गरेको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ ।

नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । मार्क देयाल, जोसुवा बिसप र कदिम अलायनले मात्र सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ ।

कप्तान रोस्टन चेजले वेस्ट इन्डिजका लागि ४९ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । ३२ वर्षीय चेजले अन्तिम पटक गत अक्टोबरमा वेस्ट इन्डिजबाट खेलेका थिए ।

अलराउन्डरको भूमिका रहेका उनले टेस्ट क्रिकेटमा ५ शतक र ११ अर्धशतक तथा ८५ विकेट लिएका छन्। एकदिवसीयमा उनले ४ अर्धशतक र २७ विकेट हात पारेका छन्। टी(२० अन्तर्राष्ट्रियमा ९ विकेट लिएका छन् ।

३६ वर्षीय आन्द्रे फ्लेचरले २५ एकदिवसीय अन्तर्राष्ट्रिय र ५४ टी(२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले अन्तिम पटक सन् २०२१ मा वेस्ट इन्डिजका लागि खेलेका थिए। उनी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दा उनी टोलीमा थिए ।

३५ वर्षीय जोनसन चार्ल्सले अन्तिम पटक गत डिसेम्बरमा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनले हालसम्म ५८ एकदिवसीय अन्तर्राष्ट्रिय र ४८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र ७ अर्धशतक तथा टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकप जित्दा दुवै पटक उनी टोलीमा थिए। २७ वर्षीय केसी कार्टीले वेस्ट इन्डिजका लागि अन्तिम पटक एक वर्षअघि खेलेका थिए। उनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्न पाएका छन्। त्यसमा २२ खेलमा ३ अर्धशतक बनाएका छन्। २८ वर्षीय फाबियन आलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ३४ टी(२० खेलेका छन्। उनी २ वर्षयता राष्ट्रिय टोलीमा छैनन्।

उनी बलिङ अलराउन्डरका रूपमा चिनिन्छन्। २१ वर्षीय म्याथ्यु फोर्डले वेस्ट इन्डिजका लागि एक एकवटा टी-२० र एकदिवसीय खेलेका छन्। उनले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए। उनी बलर हुन्। २९ वर्षीय गुडाकेस मोटियले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए। बलरको भूमिकामा रहेका उनले ५ टेस्ट, १३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

अर्का बलर ओबेड म्याकोयले वेस्ट इन्डिजका लागि २ एकदिवसीय अन्तर्राष्ट्रिय र ३१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले करिब एक वर्षअघि अन्तिम पटक राष्ट्रिय टोलीका लागि खेलेका थिए। २७ वर्षीय बलर ओसेन थोमसले गत फेब्रुअरीमा मात्र राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले हालसम्म २५ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

३१ वर्षीय बलर हेडेन वाल्स जुनियरले झन्डै २ वर्षयता राष्ट्रिय टोलीबाट खेलेका छैनन्। तर उनले वेस्ट इन्डिजबाट २३ एकदिवसीय र ३८ टी-२० खेल खेलेका छन्। २६ वर्षीय अलराउन्डर किमो पल पनि टोलीमा छन्। उनले राष्ट्रिय टोलीबाट ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलेका छन्। अन्तिम पटक करिब एक वर्षअघि उनले वेस्ट इन्डिजबाट खेलेका थिए।

वेस्ट इन्डिज एसँगको यो शृङ्खला नेपालका लागि विश्वकपको गतिलो तयारी हुने छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending