Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

अन्तर्राष्ट्रिय अनुभव प्राप्त टोली नेपाल पठाउँदै वेस्ट इन्डिज

खबरडबली संवाददाता

काठमाडौं। वेस्ट इन्डिजले नेपालमा हुने टी(२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा गरेको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ ।

नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । मार्क देयाल, जोसुवा बिसप र कदिम अलायनले मात्र सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ ।

कप्तान रोस्टन चेजले वेस्ट इन्डिजका लागि ४९ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । ३२ वर्षीय चेजले अन्तिम पटक गत अक्टोबरमा वेस्ट इन्डिजबाट खेलेका थिए ।

अलराउन्डरको भूमिका रहेका उनले टेस्ट क्रिकेटमा ५ शतक र ११ अर्धशतक तथा ८५ विकेट लिएका छन्। एकदिवसीयमा उनले ४ अर्धशतक र २७ विकेट हात पारेका छन्। टी(२० अन्तर्राष्ट्रियमा ९ विकेट लिएका छन् ।

३६ वर्षीय आन्द्रे फ्लेचरले २५ एकदिवसीय अन्तर्राष्ट्रिय र ५४ टी(२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले अन्तिम पटक सन् २०२१ मा वेस्ट इन्डिजका लागि खेलेका थिए। उनी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दा उनी टोलीमा थिए ।

३५ वर्षीय जोनसन चार्ल्सले अन्तिम पटक गत डिसेम्बरमा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनले हालसम्म ५८ एकदिवसीय अन्तर्राष्ट्रिय र ४८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र ७ अर्धशतक तथा टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकप जित्दा दुवै पटक उनी टोलीमा थिए। २७ वर्षीय केसी कार्टीले वेस्ट इन्डिजका लागि अन्तिम पटक एक वर्षअघि खेलेका थिए। उनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्न पाएका छन्। त्यसमा २२ खेलमा ३ अर्धशतक बनाएका छन्। २८ वर्षीय फाबियन आलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ३४ टी(२० खेलेका छन्। उनी २ वर्षयता राष्ट्रिय टोलीमा छैनन्।

उनी बलिङ अलराउन्डरका रूपमा चिनिन्छन्। २१ वर्षीय म्याथ्यु फोर्डले वेस्ट इन्डिजका लागि एक एकवटा टी-२० र एकदिवसीय खेलेका छन्। उनले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए। उनी बलर हुन्। २९ वर्षीय गुडाकेस मोटियले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए। बलरको भूमिकामा रहेका उनले ५ टेस्ट, १३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

अर्का बलर ओबेड म्याकोयले वेस्ट इन्डिजका लागि २ एकदिवसीय अन्तर्राष्ट्रिय र ३१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले करिब एक वर्षअघि अन्तिम पटक राष्ट्रिय टोलीका लागि खेलेका थिए। २७ वर्षीय बलर ओसेन थोमसले गत फेब्रुअरीमा मात्र राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले हालसम्म २५ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

३१ वर्षीय बलर हेडेन वाल्स जुनियरले झन्डै २ वर्षयता राष्ट्रिय टोलीबाट खेलेका छैनन्। तर उनले वेस्ट इन्डिजबाट २३ एकदिवसीय र ३८ टी-२० खेल खेलेका छन्। २६ वर्षीय अलराउन्डर किमो पल पनि टोलीमा छन्। उनले राष्ट्रिय टोलीबाट ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलेका छन्। अन्तिम पटक करिब एक वर्षअघि उनले वेस्ट इन्डिजबाट खेलेका थिए।

वेस्ट इन्डिज एसँगको यो शृङ्खला नेपालका लागि विश्वकपको गतिलो तयारी हुने छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending