काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत चैत मसान्तसम्ममा कूल रु १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख बराबरको वैदेशिक व्यापार गर्दा नेपालले रु १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो । चालु आर्थिक वर्षको नौ महिना अवधिमा रु ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख बराबरको आयात र रु एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा अवधिसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ८४, निर्यात तीन दशमलव ६६, व्यापार घाटा दुई दशमलव ७५ र समग्र वैदेशिक व्यापार दुई दशमलव ९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सुरुआती नौ महिना अवधिमा मुलुकले कूल रु १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख बराबर व्यापार घाटा व्यहोरेको थियो ।
नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु छ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा व्यहोरेको छ । भारतबाट रु सात खर्ब २९ अर्ब ६५ करोड ८५ लाख बराबरको वस्तु आयात हुँदा रु ७७ अर्ब ८५ करोड ५२ लाख बराबरको निर्यात भएको छ ।
त्यस्तै, अर्को छिमेकी मुलुक चीनसँग रु दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख बराबरको आयात गर्दा रु दुई अर्ब ११ करोड ४४ लाख बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा रु दुई खर्ब १४ अर्ब ६५ करोड बराबर छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी घाटा देखिएको मुलुकमा संयुक्त अरब इमिरेट्स ९युएई० तेस्रो स्थानमा छ । युएईबाट रु २० अर्ब ४८ करोड सात लाख बराबरको आयात हुँदा रु एक अर्ब ९५ करोड ७९ लाख बराबरको मात्रै निर्यात भएको छ । युएईसँगको व्यापार घाटा रु १८ अर्ब ५२ करोड २७ लाख बराबर छ । त्यसैगरी, नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । यी मुलुकसँगको व्यापार घाटा क्रमशस् रु १४ अर्ब ९० करोड, १४ अर्ब १६ करोड र नौ अर्ब पाँच करोड रहेको छ ।
नेपालले ३२ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग देखिएको छ । डेनमार्कमा नेपालले रु २८ करोड ७७ लाख ७१ हजार बराबरको आयात र रु ६७ करोड ८३ लाख ७५ हजार बराबरको निर्यात गर्दा रु ३९ करोड छ लाख तीन हजार बराबर व्यापार नाफा कमाएको छ । त्यस्तै, अफगानिस्तानसँग रु १८ करोड नौ लाख, नर्वेसँग रु १० करोड ८४ लाख र सुडानसँग रु तीन करोड ४३ लाख व्यापार नाफा देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: