Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

गर्मी बढेसँगै आगलागी घटना बढ्दै

खबरडबली संवाददाता

सुदूरपश्चिम । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट भएको छ । जोशीपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बाली काटेर खेतमा सुकाइ राखिएको अवस्थामा शनिबार आगलागी भएको जानकारी दिए । प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाउने प्रयास गरिएको थियो ।

जोशीपुरकै एक किसानको १३ कठ्ठा क्षेत्रफलको गहुँबालीमा पनि दुई दिनअघि आगलागी भएको थियो । भजनी, बर्दगोरियालगायत क्षेत्रको गहुँबाली पनि आगलागी भएको छ । आगलागीबाट पुगेको क्षतिको थप विवरण आउन बाँकी छ ।

केही दिनदेखि गर्मीबढेसँगै मध्याह्नको समयमा चल्ने हावाहुरीका कारण आगलागिका घटना बढाउन मद्दत पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।  गहुँ काटेर खाली रहेको खेत(गहुँको नलमा) मा पनि आगलागि भइरहेको छ ।

गहुँबाली काटेर खाली भएको खेतमा लागेको आगो निभाउने क्रममा गौरीगङ्गा नगरपालिकाका वीरबहादुर शाहू जलेर घाइते भए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गर्मीसँगै वन क्षेत्रमा पनि डढेलो लाग्ने घटना बढेका छन् । अग्नि नियन्त्रण रेखा बनाएर डढेलो रोकथामको प्रयास गरिए पनि पूर्णरुपमा डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । 

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले यसपाली पर्याप्त वर्षा हुननसक्दा बढेको गर्मीसँगैको सुक्खा मौसमले डढेलोको कहर देखिएको बताए । “ठाउँठाउँका वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढेको छ, निभाउने कामपनि सतर्कता अपनाई भइरहेको छ ।” उनले भने । 

डढेलो हुननदिन डढेलो लाग्नपूर्व र डढेलो लागि सकेपछि गर्नुपर्ने सबै क्रियाकलाप गर्ने गरिएको उनले बताए । आगो लगाउँदा वनमा घाँसको नयाँ पालुवा उम्रिन्छ भन्ने कतिपय समाजमा गलत सोचाइ देखिएको र चुरोट बिडी सेवन गर्नेले यसको ठुटो जथाभाबी वनमा फ्याकिदिने गर्दा गर्मी मौसममा वन डढेलोको समस्या बढ्ने गरेको बताइएको छ । 

जिल्लाको फुलवारी, गौरीगङ्गालगायतका क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । गर्मी बढेसँगै मध्याह्नको समयमा तातो हावा (लु) चल्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बन्न थालेको छ । हावाहुरीले धनगढीको बजार क्षेत्रमा निर्माणाधीन सडकबाट उड्ने धुलोमाटोले वरपरका व्यापारिक पसल र निजी घरधनीले हैरानी खेप्नुपरेको छ । उड्ने धुलोमाटोले सडकको आवागमन पनि असहज बनेको छ ।

“निर्माण भइरहेका सडकबाट उड्ने धुलोमाटो सफा गर्दैमा दिन बित्ने गरेको छ, व्यापार व्यवसाय पनि ठप्प छ ।” स्थानीय राजेश चौधरीले गुनासो गरे । केही दिनदेखि धनगढीमा गर्मी ह्वात्तै बढेको छ । चार दिनअघि ३७ दशमलब चार डिग्रिसेल्सियस रहेको धनगढीको अधिकतम तापक्रम बढेर शुक्रबार ४० दशमलव छ डिग्री सेल्सियस पुगको थियो । यस्तै २० डिग्रीसेल्सियस निम्न तम तापक्रम बढेर २२ दशमलब छ डिग्री पुगेको थियो । 

आज अधिकतम तापक्रम र निम्न तम तापक्रम अघिल्ला दुईदिनको भन्दा केही कम मापन भएको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए । 

कार्यालयका प्रमुख साहले यसवर्ष विगतको तुलनामा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिए । “यसवर्ष हिउँदेयाममा ठूलो वर्षा नभएको र ग्लोबल वार्निङको प्रभावले गर्दा गर्मी बढ्ने अनुमान विश्व मौसम सङ्गठनले गरेको छ”, उनले भने, “गर्मी बढ्दा अनावश्यक रुपमा घरबाहिर नजान र झोलिलो पर्दाथ सेवन गर्दा गर्मीबाट जोगिन सकिन्छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending