Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भूकम्पमा मृत्यु हुनेको सम्झनामा प्रतिष्ठानको गार्ईजात्रा

\"gaijatra\"काठमाडौं । गाईजात्राको अवसर पारेर गत वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा आज ‘गाईजात्रा विशेष कार्यक्रम’ गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा हाँस्य कलाकार, साहित्यकार, रङ्गकर्मी र सङ्गीतकर्मीको उपस्थिति थियो । हनुमान ढोकाबाट विभिन्न भेषभुषामा सुसज्जित कलाकारले प्रतिष्ठानको डबलीसम्म पदयात्रा गरी भूकम्पमा परी दिवङ्गत  भएकाको सम्झनामा गाईजात्रा कार्यक्रम गरेको उपकुलपति शम्भुजित बाँस्कोटाले बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, वरिष्ठ गीतकार श्रीपुरुष ढकाल, वरिष्ठ सङ्गीतकार सिके रसाइली, वरिष्ठ हाँस्यकलाकार किरण केसीले शोक मन्तव्य व्यक्त गर्दै पीडित कलाकारको सम्झनाका लागि विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उपकुलपति बाँस्कोटा, सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरु रमेश रञ्जन झा, पवित्रा घर्तीमगर, उन्नती बोहरा ‘शिला’, पुस्करबहादुर गुरुङ, नारदमणि हार्तुम्छाली, वरिष्ठ हाँस्यकलाकार केसी, शिवहरी पौडेल, केदार घिमिरे, दीपकराज गिरी, दिपाश्री निरौला, रमेश अधिकारी, मनोज आचार्य, हिमा कोइराला, वरिष्ठ नाट्यकर्मी विजय विष्फोट, वरिष्ठ सङ्गीतकार रसाइलीलगायत सङ्गीत तथा नाट्यकर्मीले हाँस्य व्यङ्ग्यात्मक प्रस्तुति गरेका थिए । भूकम्पका समयमा सङ्गीत तथा नाट्य विधाका माध्यमद्वारा मानसिक तनाव कम गराउँदै लैजाने, आगामी दिनमा क्षति न्यूनीकरण र जनचेतना जगाउन चेतनामूलक कार्यक्रम एवम् मनोपरामर्शसहितको भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतनासहितको जनचेतना कार्यक्रम सरकारबाट सूचीकृत प्रभावित क्षेत्रका १०० स्थानमा सञ्चालन गरिएको उपकुलपति बाँस्कोटाले स्मरण गराए । यसवर्ष भूकम्पले काठमाडौँ उपत्यकालगायत १४ जिल्लामा धेरैको मृत्यु भएकाले तिनको सम्झनामा पनि घर घरबाट सिङ्गारी निकालिएका गार्ईले सहर परिक्रमा गरेका थिए । पुत्र शोकले चिन्तामा डुबेकी रानीलाई अरुका घरमा पनि यस्तो घटना भएका हुन्छन् भनी देखाउन राजा प्रताप मल्लले गाईजात्राको सुरुवात् गराएको विश्वास रही आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending