Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भारतमा नेपाली चियाको निर्यात बन्द, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

खबरडबली संवाददाता

झापा  । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो ।

चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । नेपालबाट सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ ।

नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीकाअनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन ।

भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध भिओआइपी सञ्चालन गर्ने दुई जना पक्राउ

काठमाडौं ।  अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त स...

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

काठमाडौंं । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाक...

ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण

काठमाडौं । ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कैलालीमै थप दुई जनामा पनि सङ...

शहीद मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउँदै

काठमाडौं । काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका ब...

तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु। बेपत्ता एक जनाको खोजी हुँदै

काठमाडौं ।  बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती द...

चितवनका ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनका ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवन...

धनकुटाको भेडेटारमा स्काइ टावर

धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ...

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मा...

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी, १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।  अन्नपू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy