Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

खोटो सिक्काले भ्रममा राखेर बजार कब्जा गर्न खोज्यो:कांग्रेस नेता महर

खबरडबली संवाददाता

बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली सिक्का भएकाले नक्कली सिक्काहरू परास्त हुँदै जाने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको बझाङ प्रदेश सभा (क) उपनिर्वाचन लक्षित अन्तक्रियालाई सम्बोधन गर्दै नेता महरले नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्छु भनेर सोच्नु दिवा सपनामात्रै हुने बताए ।

'नक्कली सिक्काले भ्रममा राखेर सक्कली सिक्कालाई बजारबाट विस्तापित गर्न खोज्छ । अहिले नेपालमा पनि नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रको खोल ओडेर लोकतान्त्रिक पद्धतिमाथि कब्जागर्न खोजेका छन् । उनीहरूले जनतालाई भ्रममा राखेर नेपालको लोकतान्त्रिक पद्धतिमाथि चुनौति खडा गर्न खोजेको देखिन्छ । यस्ता लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर र विस्तापित भएर जानेछन्,' उनले भने ।

लोकतन्त्रमा च्याँखे थापेर रंगोली मनाउने नक्कली सिक्कालाई परास्त गर्न जनतासँग महरको अपिल छ । 'कम्युनिस्ट र नयाँ शक्तिका नाममा उदाएका दलहरू भ्रममा बाचिरहेका छन् । उनीहरूले लोकतन्त्रलाई कमजोर तुल्याउन विभिन्न षडयन्त्र गरिरहेका छन् । जनतालाई भ्रममा राखेर शासन कमजोर तुल्याइ आफू अनुकूल चलाउन खोज्नेहरू अहिले सत्तामा छन् । विभिन्न महा काण्डमा मुछिएका मन्त्रीहरूले मुलुक र शासन कमजोर भए आफूहरू चलखेल गर्न पाउँछौं सोचिरहेका छन्,' महरले भने, 'अब त्यो कपटपूर्ण षडयन्त्र धेरै दिन टिक्दैन । जनतामा दूध र पानीलाई छुट्याउन सक्ने क्षमता छ । हामी जनतालाई भ्रममा राख्न दिँदैनौं ।'

गलत प्रवृत्तिलाई कमजोर तुल्याएर लोकतन्त्रको जगलाई थप बलियो बनाउन उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न महरले आग्रह गरे । 'गलत प्रवृत्तिलाई साथ नदिऔं । अब गलत प्रवृत्तिको पर्दाफास गरेर कांग्रेसलाई विजयी गराएर लोकतन्त्रको जग बलियो बनाऔं,' उनले भने ।

त्यसका लागि पूर्वको इलाम र सुदूरपश्चिमको बझाङबाट कांग्रेस उम्मेदवारलाई विजयी गराएर लोकतन्त्रको पक्षमा उभिन महरले जनतासँग अपिल गरेका छन् । नेपालमा लोकतन्त्रवादी बलिया छन् र लोकतन्त्रको जग कसैले हल्लाउन सक्दैन भन्ने सन्देश यही उपनिर्वाचनबाट जनताले दिनुपर्ने उनको धारणा छ ।

'लोकतन्त्रको जगमाथि दोहोरो प्रहार भइरहेको छ । नयाँ र पुराना राजनीतिक दलले कांग्रेसलाई एक्लाउँदै भ्रमको कुण्डली निर्माण गरिरहनु भएको छ । यो धेरै दिन टिक्ने छैन् । हामीले नचलाउँदै खरानीको घर जस्तो भ्रमको जग आफैँ गरल्याम्म ढल्ने छ । लोकतन्त्रका नक्कली सिक्काहरू विस्तापित हुँदै जानेछन्,' महरले भने ।

कांग्रेसले अब २०८४ सम्म जनताको साथमा रहेर सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने महरको धारणा छ । जनताको आकांक्षालाई पुरा गरेर लोकतन्त्रको गजलाई बलियो बनाउने अभिभारा कांग्रेसको भएकाले यसप्रति पार्टी थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

देश निर्माणका लागि विदेशीरहेका युवाहरूलाई स्वदेशमै रोक्न वातावरण बनाउन आवश्यक भएको  र त्यसको नेतृत्व कांग्रेसले गर्ने महरको भनाई छ । उनले सबैको साझा प्रयासबाटमात्र मुलुक समृद्ध हुने बताए । समृद्धिका लागि लोकतन्त्रको जित हुनुपर्ने र त्यसका लागि कांग्रेसको विजय अतिआवश्यक रहेको उनले औंल्याए ।

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कांग्रेस नेता प्रकाश स्नेही, पूर्वमन्त्री नरेश बहादुर सिंह, नेता डा. सुरेश मल्ल, कांग्रेस बझाङ सभापति खडक बोहरालगायतले आफ्नो धारणा राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: