Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

खबरडबली संवाददाता

एजेन्सी । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी ७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताएका छन् । 

रोमले सात मुलुकको समूह जी ७ का विदेशमन्त्रीहरूको बैठकको आयोजना गरिरहेको इटालीको टापु काप्रीबाट आरएआई समाचार उनले भने, “हामी सबैलाई तनावबाट जोगिनका लागि सतर्क रहन आमन्त्रण गर्दछौँ ।” उनका अनुसार जी ७ ले मध्यपूर्वमा ‘पूर्णरूपमा तनाव कम गर्न’ चाहेको बताए । जी ७ मा संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, जापान, क्यानाडा र इटाली रहेका छन् । 

क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले सामाजिक सञ्जाल एक्समा भने, “हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, हामी आज बिहान इटालीमा जी ७ को बैठकमा विदेशमन्त्रीहरूसँग स्थितिलाई सम्बोधन गर्नेछौँ ।”

इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको सूचना दिएको थियो । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ । 

करिब एक साताअघि सिरियामा इरानको दूतावासमा भएको घातक आक्रमणको जवाफमा इरानले इजराइलमाथि ड्रोन र मिसाइलहरू प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई इजराइलले रोकेको थियो । यसबाट गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलगायत जी ७ का मन्त्रीहरू बुधबारदेखि काप्रीमा छन् । शुक्रबार दिउँसोको भोजनपछि बैठक समाप्त हुँदैछ । बिहीबार बिहान बैठकको एजेन्डमा सबैभन्दा अघि मध्यपूर्व सङ्कट थियो ।

शुक्रबारको बैठक हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो तनावमाथि केन्द्रित थियो तर इटालीका विदेशमन्त्री ताजानीले इरानको स्थितिमाथि ‘छलफल’ गरिने पुष्टि गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

सरकारले निर्वाचनको वातावरण बनाउन सकेकाे छैन: नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending