कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ । गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।
रेडक्रसले भूकम्पबाट क्षति भएको बाजुरामा एक सय २५ अस्थायी आवास र बझाङका प्रभावितलाई एक सय २४ गरी कूल दुई सय ४९ आवास, शौचालय र हात धुने स्टेशन निर्माण गरिएको रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक सन्तोष न्यौपानेले जानकारी दिए । “भूकम्पपीडितका लागि बाजुरा र बझाङमा शौचालयसहितको अस्थायी आभास निर्माण गरिएको छ”, उनले भने, “त्यसबाहेक पीडितहरुलाई त्रिपाल, कम्बल, म्याटे«सलगायतका सामग्री पनि उपलब्ध गराइएको छ ।” त्यसैगरी उहाँले सोही दुई जिल्लाका छ सय ६० पीडित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने बताए ।
“बहुउद्देश्यीय सहायता भन्दै प्रतिपरिवारलाई रु १५ हजारसमेत वितरण गरिएको छ”, उनले भने, “पीडितहरुले सो रकम आवश्यकताअनुसार खर्च गर्न पाउँछन् ।” सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रस सोसाइटीले गत असोजदेखि नै बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको थियो ।
भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तडछेडेदह गाउँपालिका, त्रिवेणी नरगपालिका र बढिगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो ।
रेडक्रसका अनुसार भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन् । सोमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको रेडक्रसको तथ्याङ्कमा छ ।
त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ परिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ । रेडक्रसले आवाससहितको सुविधाका साथै पीडितहरुलाई तीन हजार परिवारका लागि त्रिपाल, कम्बल, म्याट्रेस वितरण, एक जनालाई स्वास्थ्य तथा मनोसामाजिक सहयोग र करिब चार सय ५० जनालाई लैङ्गिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको जनाएको छ ।
रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले अघिल्लो वर्ष डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गरिएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: