Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?

खबरडबली संवाददाता

काठमाडौं । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्यूयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् । 

उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग राखेका छन् । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा करिब आठ घण्टासम्म विरोध प्रदर्शन भएको थियो, तर पनि उनी नहटेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा पनि शेयर भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो, जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो । एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर छ । 

मंगलबार गुगल क्लाउडका सीईओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए । उनीहरुले लगातार आठ घण्टासम्म प्रदर्शन गरे । उनले आफ्नो प्रस्तुतिको प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रदर्शनकारीहरूले गुगलले इजरायल र इजरायली सेनासँगको सबै सम्बन्ध तोड्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रोजेक्ट निम्बस र इजरायली सरकारको समर्थनको आलोचना गरेका छन् । कम्पनीमा सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत कैयौं कर्मचारीहरुले प्रोजेक्ट निम्बसका कारण राजीनामा दिएको समेत बताइएको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुस...

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक: महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताएका छन् ।...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड: चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्...

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्...

सप्तरीको चिम्टीमा भीषण आगलागी:एकसय बढी घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ । आगलागीबाट एकसय बढी घर जलेर नष्ट भएको छ ।  गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव...

इलाममा एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गा...

ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरब...

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल मह...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छ...

आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ । बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies