विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच हात हालाहालको अवस्था आएको हो ।
बिहान १० बजे बोलाइएको बैठक १२ बजेपछि मात्रै सुरु भएको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएको कारण बैठकमा ढिलो मात्र सहभागी भएका थिए । दिउँसो साढे ३ बजेतिर मुख्यमन्त्री बैठकमा छिरेका थिए ।
मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को असन्तुष्टि जनाएपछि विवाद बढेको थियो । मुख्यमन्त्री आउनुभन्दा अगाडि देखि नै सांसदहरुले सरकारको बचाउ गर्न नसकिने भनिरेहका एक सांसदले बताए । मूख्यमन्त्री आएपछि बैठकमा माहौल परिवर्तन भएको उनले बताए ।
संसदीय दलका पूर्वसचेतक रहेका भूपेन्द्र राईले सरकारले समन्वय नगरी काम गर्ने अनि सहयोग भएन भन्ने भनेर चर्किएपछि दुई समुहबीच झण्डै हात हालाहालको अवस्था बनेको हो । केही समय चर्काचर्की भएपछि आ आफ्नो ठाउँबाट उठेका सांसदहरूलाई नछेकेकोले अप्रिय घटना हुने उनले बताए ।
बैठकपछि सांसद राईले आन्तरिक छलफल भएको बताए । छलफलको विषयमा चर्को स्वर निस्किएको स्वीकार गर्दै उनले बैठकमा यस्तो हुने बताए । बैठकभित्र भएका कुरालाई तितोमिठो गर्न नहुने उनको भनाइ छ ।
वर्तमान सरकाले पार्टीसँग समन्वय नगरेको भन्ने विषयमा मुख्यमन्त्री र सांसदहरुबीच चर्काचर्की परेको प्रमुख सचेतक गोपाल तामाङले बताए । बैठकले विपक्षीले संसदमा दर्ता गराएको संकल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ । बैठकले सरकार बचाउनका लागिपर्ने निर्णयसमेत गरेको हो ।
मुख्यमन्त्रीले अदालत जान्छु भनेपछि कानुनी बाटो रोज्ने निर्णय गरिएको हो । बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । काँग्रेस मध्यावधिमा जाने पक्षमा नरहेको उनको भनाइ छ । मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री बैठकमा आक्रोशित बनेको नेताहरूले बताएका छन् ।
यसैबीच विपक्षीदहरुले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने सहमति भएको छ । बिहीबार बसेको कार्यावस्था परामर्श समितिको बैठकमा माओवादी र एमालेले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको हो । प्रस्ताव बिहीबार टेबल गर्ने र शुक्रबार निर्णयार्थ पेस गर्ने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: