Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

काँग्रेस प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था

'काेशीमा काँग्रेस मध्यावधिमा जाने पक्षमा छैन'

खबरडबली संवाददाता

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच हात हालाहालको अवस्था आएको हो ।

बिहान १० बजे बोलाइएको बैठक १२ बजेपछि मात्रै सुरु भएको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएको कारण बैठकमा ढिलो मात्र सहभागी भएका थिए । दिउँसो साढे ३ बजेतिर मुख्यमन्त्री बैठकमा छिरेका थिए ।

मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्को असन्तुष्टि जनाएपछि विवाद बढेको थियो । मुख्यमन्त्री आउनुभन्दा अगाडि देखि नै सांसदहरुले सरकारको बचाउ गर्न नसकिने भनिरेहका एक सांसदले बताए । मूख्यमन्त्री आएपछि बैठकमा माहौल परिवर्तन भएको उनले बताए  । 

संसदीय दलका पूर्वसचेतक रहेका भूपेन्द्र राईले सरकारले समन्वय नगरी काम गर्ने अनि सहयोग भएन भन्ने भनेर चर्किएपछि दुई समुहबीच झण्डै हात हालाहालको अवस्था बनेको हो ।   केही समय  चर्काचर्की भएपछि आ आफ्नो ठाउँबाट उठेका सांसदहरूलाई नछेकेकोले अप्रिय घटना हुने उनले बताए । 

बैठकपछि सांसद राईले आन्तरिक छलफल भएको बताए । छलफलको विषयमा चर्को स्वर निस्किएको स्वीकार गर्दै उनले बैठकमा यस्तो हुने बताए । बैठकभित्र भएका कुरालाई तितोमिठो गर्न नहुने उनको भनाइ छ । 

वर्तमान सरकाले पार्टीसँग समन्वय नगरेको भन्ने विषयमा मुख्यमन्त्री र सांसदहरुबीच चर्काचर्की परेको प्रमुख सचेतक गोपाल तामाङले बताए । बैठकले विपक्षीले संसदमा दर्ता गराएको संकल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ । बैठकले सरकार बचाउनका लागिपर्ने निर्णयसमेत गरेको हो ।

मुख्यमन्त्रीले अदालत जान्छु भनेपछि कानुनी बाटो रोज्ने निर्णय गरिएको हो ।  बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका  काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । काँग्रेस मध्यावधिमा जाने पक्षमा नरहेको उनको भनाइ छ  । मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री बैठकमा आक्रोशित बनेको नेताहरूले बताएका छन् ।

यसैबीच विपक्षीदहरुले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने सहमति भएको छ । बिहीबार बसेको कार्यावस्था परामर्श समितिको बैठकमा माओवादी र एमालेले संसद् सचिवालयमा दर्ता गराएको संकल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको हो । प्रस्ताव बिहीबार टेबल गर्ने र शुक्रबार निर्णयार्थ पेस गर्ने सहमति भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending