Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

खबरडबली संवाददाता

बझाङ ।  भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टनलगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन् ।

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्नुहुन्छ । ११ वर्षीय सुशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहेका छन् । उनी भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउँछन् । कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उहाँलाई प्रायः थाहा भइरहन्छ ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जान्छन् । खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मालगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउछन् ।

गणेश जोशी क्रिकेटमा लामो सर्ट हान्नसक्ने हुँदा दीपेन्द्रसिंह ऐरीलाई सम्झनुहुन्छ । दीपेन्द्रको खेलबाट प्रभावित भएको बताउने उहाँले ब्याडिङ गर्दा ‘छक्का दीपेन्द्र’ भन्दै सके जति बल टाढा फाल्ने कोसिस गर्छन् । टिमका सहभागीले पनि दीपेन्द्रको चौका छक्का सुरू भन्दै हुटिङ गर्छन् । त्यसपछि गणेशले सके जति बल ढाढा फाल्छन् ।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन् । क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैँले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताए । “पहिले–पहिले टाइमपास, डण्डिबियो, चुन्नी, आरामविश्राम खेल्थ्यौँ । आजभोलि कसले चौका÷छक्का हान्छ, कसले विकेट लिन सक्छ भनेर क्रिकेट खेल्न रूचि लाग्छ”, उनले भने । 

सुवासका अनुसार गाउँघरमा सबै बालबालिकाको नजरमा क्रिकेट नै हुन्छ । “राति मोबाइलमा क्रिकेट हेर्ने र दिउँसो अभ्यास गर्दैगर्दा क्रिकेटको लत बसेको थाहै भएन”, उनले भने ।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन । भरत खत्रीले भने, “हाम्रो पालामा पुरानै खेलहरू खेलिन्थे । अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन् । नेटवर्कले राम्रै काम गर्छ । इन्टरनेट पनि फोरजी चल्न थाल्यो । बालबालिका मोबाइलमै झुम्मिन थाले । सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो । त्यो ठाउँमा देखे । गाउँमा पनि खेल्न थाले ।”

खत्रीका अनुसार खप्तडछान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो । “अन्य ठाउँभन्दा पछाडि पिठातोला छ । त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन् । अहिले हेर्दा त नयाँ पुस्ताको मन मस्तिष्कमै क्रिकेट देखिन्छ”, उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending